•  
  •  
  •  
  •  
  •  
  •  
  •  

डोटी । डोटीको कुन्जेडीमा सडक पुगेपछि त्यहाँका जनता खुशी भएका छन् । २५ लाख लागत मा ८ किलोमिटर सडक बनेपछि उनीहरु अहिले सहजै ओहोरदोहोर गर्न सक्ने भएका हुन् । पहिले सिलगढीबाट कुन्जेडी पुग्न पैदल २ देखि ३ घन्टा लग्ने र अहिले सडक बनेपछि आधा घन्टामा पुग्न सकिने उनिहरु बताउँछन ।

 

वर्षौँदेखि विभिन्न समस्या झेल्दै आएका कुन्जेडीबासी सडक सञ्जालसँग जोडिन पाउँदा हर्षित भएको उनिअरु बताउँछन् । सडक नहुदा सुत्केरी महिलाहरूले अस्पताल पुर्याउन नपाउदै अकालमा ज्यान गुमाउनुपरेको स्थानीय बताउछन् ।

सडक जोडिएसँगै वरपरका लडगडा, गाजरी, पोखरी, सोगट, नारिदाङ लगायतका गाउँलाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ । सदरमुकाम को नजिकै रहेपनी सडक नपुग्दा कुन्जेडीबासी विकट ठाउँका जनताले जस्तै समस्या भोग्दै आएका थिए । पचास वर्ष अगाडिदेखि सडकको माग राख्दै आएका कुन्जेडिबासी घरमै गाडी पुग्दा अझ विकट ठाउँमा बिकास हुनेमा पनि विस्वस्त छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here