•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो समय औषधि खाएर गर्भपतन गराउनेहरुको संख्या तीब्ररुपमा बढेको चिकित्सकहरुले बताएका छन् । कानुनविपरीत जुनसुकै पसलमा बेच्न राखिएको गर्भ तुहाउन प्रयोग गरिने औषधि जथाभाबी प्रयोग गर्दा महिलाहरूको ज्यानै धरापमा पर्न थालेको छ ।

औषधिद्वारा गर्भपतन गर्न सरकारले कानुनी मान्यता दिए पनि निगरानी नगर्दा औषधिको जथाभाबी प्रयोग बढ्दो छ । औषधिको जथाभावी प्रयोगबाट महिलाहरु रगताम्मे वा बेहोस अवस्थामा अस्पताल पुग्ने गरेको स्त्री तथा प्रसुती रोग बिशेषज्ञहरु बताउछन् । बजारमा छ्यापछ्याप्ती पाइने गर्भपतनका औषधि गर्भको जाँचै नगरी, कहिले, कसरी खाने र खाएपछि के ‘साइड इफेक्ट’ देखिन्छ भन्नेबारे कुनै परामर्श नगरी बेच्ने गरिएको छ ।

कानुन अनुसार सूचीकृत संस्थाबाट तालिम प्राप्त चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसमा मात्र त्यस्तो औषधि सेवन गर्नु पर्छ तर त्यसो हुन सकेको छैन । कानुनमा ८ सातासम्मको गर्भलाई औषधिद्वारा तुहाउने अधिकार छ । कतिपय महिलाले औषधि नपाउने डरमा ढाँटेर औषधि किन्छन् । समय लम्बिएको गर्भ तुहाउँदा अत्यधिक रक्त श्राव हुनसक्छ । त्यसबाट ज्यानसमेत जानसक्ने चिकित्सहरु बताउँछन् । ९ हप्ता भित्रको गर्भ हो होइन भनेर पक्का गरेर मात्र राम्रो संग चिकित्सकले जाँचेर मात्र गर्भपतन को औषधि सेवन गर्नु पर्ने बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा जागेश्वर गौतम बताउनु हुन्छ  ।

गर्भपतनको औषधि आफु खुशी किनेर खानाले यदि पाठेघरमा गर्भ नबसी पाठेघरको नलीमा बसेको छ भने त्यस्ले पाठेघरको नली फुट्ने र रक्त्श्राप भएर महिलाको ज्यानै जान सक्ने अवस्था आउन सक्छ ।

चिकित्सकको ‘प्रिस्केप्सन’ बिना गर्भपतनको औषधि दिन मिल्दैन । औषधि पसल सञ्चालनका लागि दिइने अनुमतिपत्र (लाइसेन्स) मा समेत मेडिकलले चिकित्सकको ‘प्रेस्किप्सन’ बिना यो औषधि बेच्न नमिल्ने उल्लेख गरिएको हुन्छ । कानुनी रूपमा स्पष्ट भए पनि यो औषधिको कारोबार बजारमा मनोमानीरूपमा भइरहेको छ । त्यसैले पनि यस्मा निगरानी आवश्यक भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here