•  
  •  
  •  
  •  
  •  
  •  
  •  

अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित युट्युवको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाएपछि अाफैमाथि पनि गोली हानेकी थिइन् ।

सीबिएस न्युजका अनुसार तीनजनालाई घाइते बनाउने गरी गोली हान्ने सन्दिग्ध महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।ती महिलाले अन्यलाई हमला गरेपछि आफैँमाथि पनि गोली हानेकी थिइन्।

प्रहरीका अनुसार गोली चल्दा घाइते भएका सबैलाई अस्पतालमा लगिएको थियो।उक्त घटनाम घाइते भएका एक ३६ वर्षीय युवकको अवस्था गम्भीर रहेको बताइएको छ।

सीबिएस न्युजका अनुसार ती युवक सन्दिग्ध महिलाका केटासाथी हुन्।हमलामा ३२ र २७ वर्षका दुई महिलालाई पनि गोली लागेको थियो।

उक्त घटना युट्यूबको सान ब्रुनोस्थित मुख्यालयमा भएको थियो र प्रहरीले उक्त घटनाबारे छानबिन गरिरहेको छ।
युट्युब मुख्यालयमा करिब १७ सय मानिसहरू कार्यरत छन्।स्थानीय टेलिभिजन स्टेसनहरूले देखाएका तस्बिरमा कर्मचारीहरू हात माथि उठाएर कार्यालयबाट बाहिर निस्किएका थिए।

हेलिकप्टरले नजिकैबाट खिचिएको भिडियोमा एउटा सिसाको ढोका बीचमा फुटेको र त्यहाँ बाहिरको जमिनमा सिसाहरू छरपस्ट देखिएको छ।

घाइते भएका तीनजनालाई उपचारका लागि जकर्वर्ग सान फ्रान्सिस्को जेनेरल हस्पिटलमा उपचारका लागि लगिएको थियो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त घटनाबारे आफूलाई जानकारी गराइएको बताएका छन्।

– बिबिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here