•  
  •  
  •  
  •  
  •  
  •  
  •  

दीपक मनाङेका नामबाट चर्चित गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङ बिहीबार नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले राजीवलाई स्वागत गरे ।

स्वतन्त्र सांसद राजीवको प्रवेशसँगै गण्डकी प्रदेश सभामा नेकपाको दुईतिहाई बहुमत पुगेको छ । ६० सदस्यीय प्रदेशसभामा अब नेकपाको संख्या ४० पुगेको छ ।

तत्कालीन एमालेका २७ र माओवादीले १२ सदस्य गरी संसदमा ३९ सदस्यीय बहुमतमा नेकपा थियो । गण्डकी प्रदेशमा कांग्रेस १५, जनमोर्चा ३ र नयाँ शक्तिको २ सिट छ । जनमोर्चाका सांसद टेकबहादुर घर्तीको निधन भएपछि उपनिर्वाचन नहुँदासम्म एक सिट रिक्त छ । मनाङको प्रदेशसभा ख बाट निर्वाचित राजीवको इन्ट्री नै यस्तो भयो की नेकपालाई दुईतिहाई बहुमतको सुविधा मिल्यो । राजीवको प्रवेशसँगै गण्डकीमा नेकपालाई बहुमत मिलेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खसी व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here