• 54
  •  
  •  
  •  
  •  
  •  
  •  
    54
    Shares

विष्णु विकिरण/ नेपाल पत्रकार महासंघ ललितपुरको उद्घाट्न कार्यक्रममा उक्त भनाई राख्दै गिता सत्यालले नेपाल सरकारको केन्द्रिय सरकारमा पनि अझै संविधानले समेत महिलाको न्यायिक अधिकारमा प्रमुख स्थान नरहेको बताएकी हुन् ।

आजको यो समयमा महिला अधिकारलाई पितृसतात्मक सत्ताले भत्काई दिएको छ | अहिले देशको अवस्था आर्थिक सुधारुन्मुख तिर हुने भएकाले सबै महिला एकजुट भइ आर्थिक क्रान्ति गरेर सामाजिक पर्यावरण सफाचट बनाउनु पर्छ | ललितपुरको क्षेत्रमा हेर्दा पनि ५० प्रतिशत महिलाको हकमा केहि महिला उधम व्यावसायिक रहेको समेत बताइन भने ललितपुरको केहि क्षेत्रमा स्मार्ट सिटि होइन ग्रीन सिटीको आबश्यकता रहेको र त्यसको लागि अधिकांश भागमा वृक्षरोपण समेत गरिएको भन्दै आफ्नो भनाई राखिन । ललितपुर महानगरको सहयोगार्थ दुई दिन चल्ने तालिमको पहिलो दिन राजस्वबारे डिल्लीराज शाक्यले प्रशिक्षण दिए भने पत्रकारको विषय छनोटबारे शिव गाउँलेले स्पष्ट गराए ।

स्थानीय तहको दीगो विकास र राजस्वका श्रोत पहिचानमा संचारकर्मीको भूमिका विषयक पत्रकारिता तालिम दुई दिन सम्म चल्ने पत्रकार महासंघ ललितपुरका अध्यक्ष ज्ञान प्रसाद पौडेलले बताए।

  • 54
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here