•  
  •  
  •  
  •  
  •  
  •  
  •  

मानवी तामाङ । धनकुटा ।प्रदेश नम्बर १ स्तरिय मिस तामाङ प्रतियोगिताको धनकुटा अडिसन शुक्रवार हिलेमा सम्पन्न भएको छ ।

नेपाल तामाङ धेदुङ उर्लाबारी नगर कार्य समितीको आयोजनामा तामाङ समुदायको भाषा धर्म संस्कार संस्कृति परम्परालाई प्रबद्र्धन गर्ने उदेश्यले १ नम्वर प्रदेशभरीका तामाङ समुदायको यूवतीहरुको व्यक्तित्व र क्षमता विकास गर्न मिस तामाङ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष राजकुमार योन्जन तामाङले वताए । प्रतियोगिताको सह–आयोजक नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती धनकुटा रहेको छ ।

अडिसनमा धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लाका गरी जम्मा २५ जना तामाङ युवतीहरुले सहभागीता जनाएको प्रतियोगिताका सह–आयोजक जिल्ला घेदुङ धनकुटाका सचिव फुर्वा घिसिङ तामाङले वताए । अडिसनको जज्मा सनु २०१८का मिसेस नेपाल सेकेण्ड रनरअफ, मोष्ट ट्यालेण्ट जित्न सफल शान्ती पाख्रीन तामाङले मुख्य भुमिका निर्वाह गरेकी छन् । त्यसैगरी अन्य जज्हरुमा फेसन डिजाईनर जीवन चिमरिया, व्यूटिसयन सोयश्री वज्रचार्य र मानवी तामाङ मोक्तान रहेका छन् ।

प्रदेश नम्बर १ स्तरिय मिस तामाङ प्रतियोगिताको पहिलो अडिसन असार १२ गते इलामबाट सुरु भएको थियो भने दोस्रो अडिसन असार १६ गते झापाको विर्तामोडमा,सम्पन्न भै सकेको छ । आगमी असार २५ गते सुनसरीको तरहरामा, असार २८ गते उर्लाबारीमा हुने जिल्ला घेदुङ धनकुटाका अध्यक्ष विष्णु मोक्तान तामाङले वताएका छन् । प्रतियोगिताको ग्रान्ड फिनाले भने धनकुटाको हिलेमा आगामी भदौ २८ गते हुने वताइएको छ ।

मिस तामाङ १ नम्वर प्रदेश प्रतियोगिताको बिजेता फस्ट रनअपले नगद १ लाख गिफ्ट ह्याम्पर र दोस्रोलाई ५० हजार गिफ्ट ह्याम्पर प्रदान गरिने छ । त्यस्तै अन्य बिजेताहरुलाई विभिन्न विधामा नगद र गिफ्ट ह्याम्पर साथै एक वर्ष सम्मका लागि फेसन डिजाईन डिप्लोमा कोर्ष, शैक्षिक इस्कलरसिप, जिवन विमा लगायतको विभिन्न विभिन्न विधामा पुरस्कारहरु रहेको आयोजक संस्था नेपाल तामाङ घेदुङ नगर समिति उर्लावारी मोरङ्गका अध्यक्ष राजकुमार योन्जन तामाङले  वताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here