• 37
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

सरकारमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आफ्ना विश्वासपात्रको नेताहरुलाई छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव नेकपासँग वार्ताको तयारी गरेको छ।

प्रधानमन्त्री ओलीले नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र तत्कालीन वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेलाई जिम्मा दिएका छन् भने पार्टीका अध्यक्ष दाहालले पूर्वगृहमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई र गृहमन्त्री थापाले नेकपाकै नेता एवं आफ्ना सल्लाहकार सूर्यप्रकाश सुवेदीलाई जिम्मा दिएका छन्। तर विप्लव नेकपाले तीनवटै टोलीसँग सम्पर्क हुँदा ‘पार्टीको प्रतिबन्ध फुकुवा, पक्राउ परेका कार्यकर्ताको निसर्त रिहाइ, हत्या, दमन, धरपकड रोकेर सरकारले राजनीतिक इमानदारी देखाए हामी वार्ताविरोधी होइनौं, वार्ता प्राविधिक समाधानतिर भन्दा राजनीतिक समाधानतिर हुनुपर्छ भन्ने हाम्रो जोड छ’ भन्ने सन्देश पठाएको छ। पछिल्लोपटक पूर्वगृहमन्त्री जनार्दन शर्माले विप्लव नेकपानिकटका केही सञ्चारकर्मी र बुद्धिजीवीसँग छलफल गरेका थिए।

यसरि पक्राउ परेका नेता कार्यकर्ता रिहा र प्रतिबन्ध फुकाउनुपर्ने नेकपाको पहिलो माग छ। गृहमन्त्रीका तर्फबाट सम्पर्क सूत्रको काम गरिरहेका सूर्यप्रकाश सुवेदीले संविधानको दायरामा रहेर पार्टी गतिविधि गर्न, परिवर्तनलाई अंगिकार गर्न र अरु प्राविधिक विषयलाई छाडेर मूलधार आउन नेकपालाई आग्रह गरिरहेको बताए। ‘राजनीतिक विषय हो भनेर हामी छलफलमै लागेका छौं तर यसको निकास कस्तो आउँछ त्यो भने हेर्न बाँकी छ’, गृहमन्त्रीका सल्लाहकार समेत रहेका सुवेदीले भने। उनका अनुसार सरकार सकारात्मक निकासतर्फ लागेको छ। विप्लव नेकपाका कार्यकर्ता र प्रहरीबीच भिडन्त हुन थालेपछि अहिले दुवैतर्फ संयमता अपनाउन थालिएको छ।

यसअघि सरकारले गत भदौमा संघीय संसद्का सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो तर वार्ताटोली भंग भएलगत्तै विप्लव नेकपाले गत फागुन १० गते ललितपुरस्थित एनसेल कार्यालयमा बम विस्फोट गराउँदा एकजनाको मृत्यु र दुईजना घाइते भएका थिए। त्यसपछि फागुन २७ गते सरकारले विप्लव नेकपाका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।

  • 37
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here