• 3.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
    3.5K
    Shares

धनकुटा । धनकुटाको छथर जोरपाटि गाउपालिका वडानम्वर ५ का दोर्जि सेर्पा तरकारी बेचेरै बार्षिक लाखौ आम्दानी लिदै आईरहेको छ । २०५२ सालबाट बन्दागोभी खेति गर्न थालेका सेर्पा अहिले बन्दागोभी बेचेर वर्षमा ३५ लाख आम्दिानि लिने गरेको छ ।

पौरख गरे आफ्नै देशमापनि केहि   गर्न सकिन्छ  भन्ने उदाहरण बनेको छ दोर्जि सेर्पा , आफु सुकुम्बासी भएका कारण आफु संग जग्गा नहुदा ९ मुरी आलुमा जगा भाडामा लिएर तरकारी खेति गर्न थालेका ५८ वर्षिय दोर्जि सेर्पा ले अहिले तरकारी बन्दागोभी बेचेर बार्षिकरुपमा ३० देखि ३५ लाख आम्दिानी लिदै आईरहेको सेर्पा ले बताउनु भयो । २०५२ सालभन्दा अगाडि मकैखेति र भेडा बाख्रा पालेर जिबिको पार्जन गर्दै आउनु  भएका सेर्पालाई घरगर्जो टार्न धउधउ पर्ने  र जग्गाको भाडा तिर्न पनि मुस्कील पर्ने समस्या झेल्नु परेको सेर्पा ले सुनाउनु भयो ।

सेर्पा ले २०५२ सालमा तेहि भाडामा लिएको जगामा २० ग्राम बन्दागोभी को बिउ व्याड राखेर एक हल मेलो को बारीमा रोपेको बन्दाको बिउ बाट एक सय मेट्रिकटन बन्दागोभी उत्पादन गरेर  ४० हजार आम्दानी लिन सफल भएपछि तरकारी खेति गर्न तर्फ लागेको सेर्पा ले बताउनु भयो । अहिले सेर्पाको २४ वर्षको अन्तरालमा तरकारी खेति बाट जीवन नै फेरिएको छ । निरन्तर तरकारी खेतिगर्दै आईरहेका सेर्पाले अहिले बार्षिक रुपमा ३० देखि ३५ लाख आम्दानी लिदै आईरहेको छ ।

तरकारी खेति गरेरै सेर्पा ले ६० रोपनी जग्गा गाडि घर, घडेरि पनि जोडेका छन् भने तरकारी बेचेर उहाँ अहिले लाखौको मालिक बनेको छ । यस बर्ष पनि सय मेट्रिकटन बन्दा उत्पादन हुने सेर्पा ले बताए । सेर्पा ले भखरै प्रति केजि ६ रुपैया ले ५० मेट्रिकटन बन्दा बेचेर ३० लाख आम्दानी लिएको र अझै ५० मेट्रिकटन बन्दागोभी बेच्न बाँकि रहेको  बताउनु भयो । दोर्जि सेर्पाका छोरा छोरी  सबै तरकारि खेति नै गरिरहेका छन् ।  तेस्तै गरि सेर्पा ले  २०५२ , ५३ सालतिर धरानमा लगेर ५ रुपैया केजि ले बेचेको  दुख पनि सुनाउनु भयो त्यस समयमा अहिले जस्तो व्यपारिहरु नआउदा साह्रै दुख गरेको सुनाउनु भयो |

 

अहिले बारीमै  व्यापारी आउने हुदा पहिलाको जस्तो दुख नरहेको बताउनु भयो । दोर्जि सेर्पा का छोरा लाक्पा सेर्पा ले भने मुल्य स्थिरता नहुदा किसान हरु मारमा पर्ने गरेको र सधै एकै किसीमको बजार मुल्यको व्यवस्था भएको भए किसानलाई सहज हुने  बताए । यहाँका बन्दागोभी धरान , इटहरी, विराटनगर विर्तामोड र भारत हुदै तेस्रो मुलुक बंगलादेश, पाकिस्तान भुटान लगाएतका देशहरुमा निर्यात हुने गरेको सेर्पाले बताउनु भयो ।

यहाँ किसानहरु ले अर्गानिक खेति गर्ने गरेको सेर्पाले सुनाउनु भयो । किसानहरु सधै पालै पालो पर्ममा एकआपसमा सघाउदै तरकारी रोप्ने देखि टिप्ने सम्म एक आपसको साथ सहयोग गर्दै काम गर्ने भएका ले खेताला नपाउने समस्या नरहेको बताउनु भयो । एककिसान को बिहान तरकारी बन्दा काट्यो अर्को जनाको दिउसो , बेलुका तेसरि मिलेर खेति गर्ने गरेको बताउनु भयो |

  • 3.5K
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here