• 513
  •  
  •  
  •  
  •  
  •  
  •  
    513
    Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ संयुक्तको केन्द्रीय प्रवक्तामा युबा नेता जनकराज पाठक नियुक्त भएका छन् । राप्रपा संयुक्त केन्द्रीय कार्य सम्पादन समितिका सदस्य जनकराज पाठक सहित किरण गिरि, किसोर कार्की, रविन चाम्लिङ र सगुन लावति पार्टी प्रवक्तामा मनोनयन भएका हुन् ।

पार्टी प्रवक्तामा नियुक्त भएका सबैले मनोनयन पत्र लिइसकेका छन् । मनोनयन पत्र ग्रहण गर्दै प्रवक्ता पाठकले भने, ‘पार्टीले लिएको मूल उदेश्य राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापनाको निमित्त सँधै क्रियाशिल रहँदै भ्रष्टाचार मुक्त समाजका निमित्त निरन्तर संघर्ष गर्ने र पार्टीको आधिकारिक लाइनमा कसैसँग कुनै सम्झौता गर्दैनौं ।’

पाठक राप्रपा राष्ट्रवादीको सहप्रवक्ता भईसकेका थिए ।

  • 513
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here