• 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

संघियताको मूल मर्म र समानुपातिक समाबेशी सिद्दान्त बिपरित प्रकाशित गरिएको लोक सेवा आयोगको असमावेशी बिज्ञापन बिरुद्द आदिबासी जनजाती, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्ग भएका व्यक्ति र पिछाडिएका क्षेत्र तथा राजनीतिक दलहरु र सम्बद्द जातीय क्षेत्रिय मोर्चाहरुको तर्फबाट बृहत जनसभा तथा र्याली गरिएको थियो ।

राजधानीको विभिन्न क्षेत्रहरु बाट बाजागाजाहरु सहित सरकारको पक्षबाट भएको असमाबेशी विज्ञापनको बिरुद्द नाराबाजी समेत गरि हजारौको संख्यामा माइतिघर मण्डलामा भेला भई बृहत सभा गरिएको हो । सभामा हरेक पिछाडिएका क्षेत्र तथा विभिन्न राजनीतिक दल आदिबासी जनजाती तथा शिल्पी क्षेत्रका व्यक्तिहरुले बोल्दै उमेश मैनाली तथा लाल बाबु पण्डितको बिरुद्द चर्को बिरोध जनाइएको थियो । बक्ताहरुले राज्य सत्ताबाट हिजोको इतिहास देखि आज सम्म देशको राजनीतिक परिबर्तन भए पनि हरेक जनजाती तथा दलित महिला अन्य पिछडिएका बर्गहरुले आहुति गर्नु परेको र त्यसलाई वास्ता नगरी राज्यसत्ताको भागिदार भई हाल सम्म पनि हरेक हक अधिकार बाट बन्चित गराईएको बताएका थिए ।

सभामा बोल्दै अबको आन्दोलन शुरुवात मात्र भएको फेरी आधिबेरी सहित सिंहदरबार केन्द्रित उर्लिने भन्दै सरकारलाई खबरदारीको चेतवानी सम्म दिएका थिए । पहिलो दिन मशाल जुलुश र दोस्रो दिन सिटि जुलुस संगै तेस्रो दिन उक्त बृहत सभा को आयोजना गरिएको हो । तर नेपाल बन्द भने फिर्ता लिएको केहि अधिकारिक बटा जानकारी पाइएको छ । बाढी पहिरोको कारण जनतासम्म सेवा सुविधामा असर पर्ने भएकाले फिर्ता गरिएको हो ।

 

 

 

 

 

 

 

 

 

  • 23
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here