• 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । गत जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले संसद बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब वृद्धि हुने घोषणा गरेका थिए ।

अर्थमन्त्रीले जेठ १५ मै घोषणा गरेको उक्त तलबमान भने कर्मचारीहरुले आजबाट पाउने छन् । हरेक वर्षको जेठ १५ गते संसदमा आगामी आर्थिक वर्षको आय व्यय विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरुप जेठ १५ मा बजेट प्रस्तुत भएको हो । यद्यपी त्यस अनुसार बढाइएको कर्मचारीको तलब कार्यान्वयन भने आज अर्थात् साउन १ बाट हुँदैछ ।

अर्थमन्त्रीले राजपत्रांकित कर्मचारीहरुको १८ प्रतिशत र राजपत्र अनंकित कर्मचारीको तलब २० प्रतिशतले बढाउने घोषणा गरेका थिए । साविकको तलबमा सोही अनुसार वृद्धि गरिएको तलब कर्मचारीहरुले आजदेखि पाउने छन् ।

यसरी बढेको तलब अनुसार मुख्यसचिवले मासिक ६५ हजार १ सय ३६ रुपैयाँ पाउनेछन् । यसअघि मुख्यसचिवको तलब ५५ हजार २ सय रहेकामा त्यसमा १८ प्रतिशत अर्थात् ९ हजार ९ सय ३६ रुपैयाँ वृद्धि भएको छ ।

त्यस्तै गरी नेपाल सरकारको सचिवले वृद्धिसहित ६० हजार ६ सय ७६ रुपैयाँ प्रतिमहीना पाउनेछन् । यसअघि सचिवको तलब ५१ हजार ४ सय २० रुपैयाँ रहेकामा १८ प्रतिशत अर्थात् ९ हजार २ सय ५६ रुपैयाँ वृद्धि भएको हो ।

त्यस्तै राजपत्रांकित प्रथम श्रेणी सहसचिवको तलब वृद्धि भएर ४७ हजार ३ सय ७७ रुपैयाँ पुगेको छ । यसअघि ४० हजार १ सय ५० रुपैयाँ तलब बुझ्दै आएका सहसचिवहरुको तलबमा १८ प्रतिशत अर्थात् ७ हजार २ सय २७ रुपैयाँ वृद्धि भएको हो ।

त्यसै गरी राजपत्रांकित द्वितीय श्रेणी उपसचिवले यसअघि मासिक ३४ हजार २ सय २० रुपैयाँ तलब लिँदै आएका थिए । त्यसमा १८ प्रतिशत अर्थात् ६ हजार १ सय ६० रुपैयाँ वृद्धि भई उपसचिवको मासिक तलब ४० हजार ३ सय ७७ रुपैयाँ पुगेको छ ।

राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतले आजबाट लागू हुने गरी मासिक ३५ हजार ९ सय ९० रुपैयाँ तलब पाउने छन् । यसअघि मासिक ३० हजार ५ सय तलब पाउँदै आएका शाखा अधिकृतको तलबमा १८ प्रतिशत अर्थात् ५ हजार ४ सय ९० रुपैयाँ वृद्धि भएको हो ।

त्यस्तै नायब सुब्बाको तलब पनि आजदेखि मासिक २८ हजार २ सय रुपैयाँ पुगेको छ । यसअघि २३ हजार ५ सय रुपैयाँ मासिक तलब बुझ्दै आएका नासुको तलबमा २० प्रतिशत अर्थात् ४ हजार ७ सय रुपैयाँ वृद्धि भएको हो ।

त्यस्तै खरिदारले पनि अबदेखि वृद्धिसहित मासिक रुपमा २६ हजार ६ सय ४ रुपैयाँ तलब पाउनेछन् । यसअघि २२ हजार १ सय ७० रुपैयाँ तलब बुझ्दै आएका खरिदारको तलबमा २० प्रतिशत अर्थात् ४ हजार ४ सय ३४ रुपैयाँ वृद्धि भएको हो ।

त्यस्तै अबदेखि कार्यालय सहयोगीले मासिक रुपमा १९ हजार ४ सय ७६ रुपैयाँ तलब पाउने छन् । यसअघि १६ हजार २ सय ३० रुपैयाँ तलब बुझ्दै आएका कार्यालय सहयोगीको मासिक तलबमा २० प्रतिशत अर्थात् ३ हजार २ सय ४६ रुपैयाँ वृद्धि भएको हो ।

  • 4
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here