• 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

अमेरिका ।

सिङ्गो अमेरिकामा रहनु भएका तामाङ समुदायको संस्कृति ,संस्कार,भेषभुषा,धर्म,भाषा,आर्थिक,शैक्षिक,सामाजिक क्षेत्रको विकास,संरक्षण ,सम्बर्द्धन गर्ने उद्धेश्यले स्थापित साझा संस्था तामाङ सोसाईटी अफ नर्थ अमेरिका केन्द्रीय समितिको प्रथम वार्षिक साधारण सभा हुने भएको छ ।

तामाङ सोसाईटी अफ नर्थ अमेरिका केन्द्रीय समितिका अध्यक्ष लक्यान लामाकानुसार आउँदो सेप्टेम्बर १४ र १५ तारिखमा अमेरिकाको डिसि ,मेट्रो एरियामा प्रथम वार्षिक सभा हुने कुरा जानकारी गराएका छन् ।

सो सभामा तामाङ सोसाईटी अफ नर्थ अमेरिकासँग आवद्ध संघसंस्थाहरु,पदाधिकारीहरु,प्रतिनिधिहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतलाई निमन्त्रणा गरि भब्य रुपमा साधारण सभा सम्पन्न गर्न लागेको तामाङ सोसाईटी अफ नर्थ अमेरिका अध्यक्ष लामाले बताउनु भएको छ ।

  • 8
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here