•  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल सरकारले नेपाल कम्युनिस्ट पार्टी लाई केहि महिन देखि प्रतिबन्ध लगाए पछि त्यसको प्रतिबाद मा पछिल्लो पटक विप्लप चन्द नेतृत्व को गतिबिधि पनि तिब्र रुपमा हुदै आएको छ ।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-३ शहीद गेटमा शक्तिशाली बम विष्फोट भएको छ, बिस्फोट हुँदा ५ जना घाइते भएका छन् ।घाइते मध्ये एक जनाको अवस्था गम्भिर छ । घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलाैरी-५ का लक्ष्मण सेरला, माेबिन खान, जितेन्द्र यादव र धनगढी-४, बाेराडाडीका केशवराज पाण्डे छन् ।

स्थानीय निलम होटल अगाडि विस्फोट भएको थियो बिस्फोटमा घाइते पाण्डे सोही होटलका सञ्चालक थिए । प्रहरीलाई सिलिण्डर विष्फोटको सूचना आएको थियो । तर, शक्तिशाली बम वस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनास्थलमा ९ एमएमको पेस्तोल समेत भेटिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक (एसपी) सुदिप गिरी नेतृत्वको टोली पुगेको छ । गिरीका अनुसार टिफिन बक्समा राखिएको वस्तु पड्किएको प्रारम्भिक छानबिनबाट पनि देखिएको छ । घाइतेहरुको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ  भनेर रातो पत्रिका पेजमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here