• 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares
 धनकुटा | अर्थोडक्स चियाको लोगो कार्यन्वयनका लागि असल कृषि अभ्यास सम्बन्धि राष्ट्रिय चिया तथा कफि विकास बोर्ड चिया विस्तार योजना हिले धनकुटाको आयोजनामा सञ्चालन भइरहेको दुई दिने तालिम बिहिवार सम्मपन्न भएको छ ।
नेपालमा उत्पादन हुने अर्थोडक्स चिया ले लोगो पाईसकेपनि अहिले सम्म कार्यन्वयन हुन सकिरहेको छैन कार्यन्वयन हुन नसक्दा अहिले चिया उत्पादक कृषकहरु उचित मूल्य तथा बजार पाउन बाट बन्चित भएकाछन् । चिया कृषकहरुको यस्तो समस्या समाधान गर्नका लागि कृषकलाई दुई दिने तालिम प्रदान गरिएको राष्ट्रिय चिया तथा कफि विकास बोर्ड चिया विस्तार योजना हिले धनकुटाका योजना प्रमुख इन्द्र प्रसाद अधिकारि ले जानकारी दिनुभयो ।
दुइदिने तालिममा कृषकहरुलाई चिया बारीमा जथाभावि विषादि प्रयोग गर्न नपाईने , पति टिप्दा दुइ पात एक सुइरो भएको अनिवार्य टिप्न आवश्यक रहेको , चिया टिप्ने भडा अथबा डोको हावा छिर्ने जालि हुने भाडा प्रयोग गर्नु पर्ने , पति टिपेको ८ घण्टा भित्र कारखमनामा पु¥याउनु पर्ने ,माटो व्यवस्थापनका लागि प्राङगरीक मल प्रयोग गर्नु पर्ने , कृषक र प्रशोधन कर्ता बिच अनिवार्य सम्झौता हुनुपर्ने र लगाएतको विषयमा कृषकलाई तालिम प्रदान गरेको चिया तथा कफि विकास बोर्डका योजना प्रमुख इन्द्र प्रसाद अधिकारी ले बताए । साथै उहाँ ले लोगो कार्यन्वयन गर्नका लागि निर्देशिका पारित गराउन दर्ता गर्ने प्रक्रिया अगाडि बढिरहेको र चेतना मुलक कार्यक्रम सञ्चालन तथा प्रचारप्रसार भइरहेको राष्ट्रिय चिया तथा कफि विकास बोर्ड चिया विस्तार योजना हिले धनकुटा ले जनाएको छ ।
उक्त तालिममा चिया उत्पादन सहकारी संस्थाका अध्यक्ष तथा केन्द्रिय सदस्य इन्द्रा सारु मगर , चिया तथा कफि विकास बोर्डका चिया प्राबिधिकहरु को पनि तालिममा उपस्थिथिति थियो भने तालिममा धनकुटाका चिया कृषकहरुको सहभागिता रहेको थियो ।
  • 11
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here