• 172
  •  
  •  
  •  
  •  
  •  
  •  
    172
    Shares

आशिष तामाङ ✒️

काठमाडौं–रसलाईट मिडिया र राष्ट्रिय मोडलिङ संघ नेपालको संयुक्त आयोजनामा “फेशन नाइट २०१९ ” भव्यतका साथ सम्पन्न भएको छ ।

मधेसको बाढीपहिरोमा सहयोग र सहानभुतिको लागि शुक्रबार काठमाडौमा ४ कलाकर्मी एकजुट भएका छन् । लयान्स क्लब, कलाकार संघ र नेमोसका अध्यक्ष दिनेश शाहीको आह्वानमा रसलाईट मिडियाकी अध्यक्ष रमिता भण्डारी द्वारा ‘च्यारिटी कल्चर एण्ड फेशन शो फर बाढीपडित’ लाई युवानेता क्षितिज भण्डारी, अनन्त श्रेष्ठ, सच्चिन्द्रमोहन राउतले लाखौंको कम्बल, त्रिपाल र औषधिजन्य सहयोग हस्तान्तरण गरेका छन् ।

त्यस्तै हरि जोशीको सस्थाको सहकार्यमा ४ गते रौतहट र ५ गते सप्तरीमा ५०० त्रिपाल, १० लाख बराबरको औषधि र अन्य आवश्यक सामग्री बितरण हुन लागेको च्यारिटी शोका प्रमुख अतिथि एनपि साउदले बताए । पुर्ब मन्त्री साउद, चलचित्र बिकास बोर्डका अध्यक्ष र नेपाल कलाकार संघ अध्यक्ष रबिन्द्र खड्का, नायिका पुजना प्रधान द्वारा युवाहरुलाई सम्मानित गरिएको थियो ।

सो कार्यक्रममा कलाकर्मी, उद्योगी र राष्ट्रसेवकलाई समेत अभिनन्दन गरिएको केन्द्रीय अध्यक्ष शाहीले बताए । कार्यक्रमको सफलताको लागि लामो तयारी र डिनर सहित को ‘रायाम शो’ मा १०लाख बराबरको रकम खर्च भएको आयोजक रश लाइट मिडियाका अध्यक्ष रमिता भण्डारीले बताईन ।

फेसन सोमा जय प्रकृती सिकाइ प्रशिक्षण हेटौडाकी डिजाइनर मेनुका श्रेष्ठको डिजाइनमा मोडलहरु स्टेजमा उत्रेका थिए ।

त्यस्तै जोजोलोपा कलेक्सनबाट डिजाइनर प्रतिमा महर्जनले डिजाइन गरेका ड्रेसमा मोडलहरुले रम्प वाल्क गरेका थिए ।

त्यस्तै डिजाइनर अनिता खत्रि क्षेत्रिको क्रियटिभ डिजाइनमा निकै फरक र आकर्षक रुपमा मोडलहरु स्टेजमा हिडेका थिए, भने क्याजुअल वेयरमा ३० जना व्यावसायिक मोडलहरु फेन्सी वक्सकी डिजाइनर सरला श्रेष्ठको पहिरनमा स्टेजमा उत्रेका थिए ।

लाइन्स क्लब युनाईटेड, ठमेलको प्रोगा्रम डिरेक्टरको रुपमा रमिता भण्डारीलाई घोषण गरी सम्मान गरिएको छ ।

रस लाईट मिडिया अध्यक्ष तथा नेपाल राष्ट्रिय मोडलिङ संघका उपाध्यक्ष रमिता भण्डारी र राष्ट्रिय मोडल संघ तथा लायन्स क्लवका अध्यक्ष दिनेश शाहिको आयोजनामा फेसन सो भव्य रुपमा सम्पन्न भएको छ ।

  • 172
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here