• 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

नेपल कम्युनिष्ट पार्टीलाई सरकार द्वारा प्रतिबन्धित गरिएको ५ महिना बितिसक्दा पनि सरकार द्वारा न कुनै शान्तिपूर्ण बार्ताको समायोजन गर्न सकेको छ न नेपाल कम्युनिष्ट पार्टीलाई निस्तेज नै,, बरु नेकपा का कार्यकर्ताहरु माथि दमन, हत्या र झुटा मुद्दाहरु लगाई जेल नेल काराबासको यातनाहरु देईरहेका छन् ।

गएको केहि हप्ता अगाडी उपत्यका ब्युरो इन्चार्ज तथा नेकपा को केन्द्रिय सदस्य माइला लामालाई मध्यराति पक्राउ पारि नख्खु लगिएको छ ,अहिले यस बिषयलाई लिएर धेरै जनाको गुनासो र चित्त दुखाई सामाजिक संजाल द्वारा दुई तिहाई बहुमत कम्युनिष्ट सरकारलाई पोखिएका छन्  , यसै सन्दर्भलाई लिएर क्रान्ति दोङ् ले पनि गृहमन्त्री रामबाबु थापा बादललाई एक पत्र बटा रिहाईको माग गरिएको छ । हेर्नुस पत्र ।

माननीय गृहमन्त्री ज्यु,
नमस्कार !

जनबादी गायक एवंम नेकपाका केन्द्रीय सदस्य माइला लामालाई तपाई     को मातहतमा रहेको प्रशासन द्वारा पक्राउ गरिएको खबर सुन्नमा आउँदा अति नै दु:खी र भावुक भएको छु, ।

माननीय मन्त्री ज्यु,
जनताको वर्गीय मुक्तिको खातीर तथा २३८ बर्षे सामन्ती राज्यसत्ताको अन्त्य र गणतन्त्र स्थापनाको लागि लड्दै लड्दा आधा शरीर गुमाइसकेका माइला लामालाइ आज किन र के कारणले पक्राउ गरियो भन्ने कुरा थाहा छैन, के अपराध गरे माइला लामा र माइला लामाजस्ता अरु योद्धाहरुले ? जुन योद्धाहरुको रगत पसिना र योगदानले आज तपाईहरु देश र प्रशासन हाँकेर बस्ने अवसर पाउनु भएको छ, माइला लामा जस्ता योद्धाहरु नभएको भए तपाइहरु आज देशको ‘शेख’ बनेर बस्न पाउनु हुन्थ्यो ? गणतन्त्रको निम्ति लड्दालड्दै एक हात र एक आँखा गुमाउनु नै माइला लामाको कसुर हो ? होइन भने किन पक्राउ परे ? दिनानुदिन कालाबजारी गर्ने अरबौ भ्रष्टाचार गर्ने भ्रष्टाचारी, ठग्ने ठग, दलाली गर्ने दलाल, बलात्कार गर्ने बलात्कारी जस्ता अपराधीलाई पक्राउ गरेर जनतालाइ शान्ती सुरक्षा प्रदान गर्न नसक्ने सरकारले बैचारिक चेतना छर्दै हिड्ने र जनबादी गीतको माध्यमबाट सर्बहारा जनताको अधिकारको निम्ति आवाज उठाउने माइला लामाहरुलाई पक्रेर के को पुरुषार्थ देखाउनु हुन्छ ?

यो पुरुषार्थ हैन कायरता हो।
माननीय ज्यु, सक्नुहुन्छ भने सिमाबाट जंगे पिल्लर गायब पार्नेहरुलाई पक्राउ गर्नुस, नाकावन्दीको बहानामा कालाबजारी गरी जनतालाई दु:ख दिनेहरुलाई पक्राउ गर्नुस। राज्यको अर्बौ रुपैयाँ भ्रष्टाचार गर्नेलाई पक्राउ गर्नुस। घर-खेत वन्दकी राखेर परदेश जान लागेका युवालाई लाखौ ठगेर आफ्नो घर बनाउने ठगलाइ पक्राउ गर्नुस। दिनदिनै भैरहेको बलात्कारमा संलग्नहरुलाइ पक्राउ गर्नुस, हिम्मत छ यति गर्ने ? अंह छैन।

माननीय ज्युहरु एउटा कुरा ख्याल गर्नुस !
अधिकारका निम्ति सारा जिन्दगी त्याग्न तत्पर महापुरुषहरु यस्ता पक्राउ त के हजारौं यातनाहरुपनि सहन तयार हुन्छन्, तर कदापी विचलित हुने छैनन् ।एकमुठी श्वास रहेसम्म वैचारिक चेतना जगाउंदै जनताको अधिकारको खातिर सदैव क्रियाशिल रहिरहेछन। प्रतिक्रियावादीहरुको पक्राउमा पर्नुभएका माइला लामाको सिघ्र रिहाइको माग गर्दछु ।

कमरेड
क्रान्ति दोङ लामा
  • 18
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here