• 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाडौँ / सात बर्ष देखि मेरुदण्ड भाचिएका सुरेन्द्र कुमार बोम्जनको सहयोगार्थ यहि आउदो शनिबार ११ गते यांग्रिमा हिल सिटि होटल बौद्दमा राष्ट्रिय कलाकारहरुको माझ बृहत साँस्कृतिक कार्यक्रम हुन् गईरहेको छ उक्त जानकारी श्रावान ८ गते खोज इन्टरटेन्टमेन्ट मिडिया एण्ड मिडिया प्रा.लि. ले  एक पत्रकार सम्मेलनबाट गरिएको हो  ।

बिगत ७ वर्षा पहिले भीरबाट १०० मिटर भन्दा तल खसेर मेरुदण्ड भाचिएका पिडित सुरेन्द्र, सहयोगको लागि हर कोसिश गर्दा पनि सहयोगको अभावमा गुज्रिरहेको बताउछन । उनको लागि करिब ७० लाख जति रकम संकलन गर्नु पर्ने र त्यसको उपचार्थ चाइन जानु पर्ने भएकाले हरेक संघ संस्था र ब्यक्ति मिडिया संग बिन्ति बिसाउदै आएको बताउछन भने दुबाई कतार बाट पनि सहयोग पाइसकेको बताउछन । उनि भन्छन मलाई कसैले बच्दैन भन्थे पछि हस्पिटलमा होस् आएपछि मात्र सबैले थाहा पाए अनि बिना हिडडुल धेरै सोच्न थाले दुई सन्तान श्रीमतीको जिम्मेवार व्यक्ति म आफै यस्तो हालातमा छु म पनि अरु सरह हिडडुल गर्न सकेको भए, मलाई कसैले सहयोगार्थ पुण्य गरिदिएको भएमा म पनि साधारण मान्छे सरह जिउन सक्थे । तर त्यसको लागि पर्याप्त आर्थिक नभएको र भएको पनि सबै उपचारकै क्रममा जायजेथा समेत नरहेको बताउछन । उनि सिन्धुली जिल्ला घ्यांग लेख गाउपालिकका हुन् ।

खोज इन्टरटेन्टमेन्ट मिडिया एण्ड मिडिया प्रा.लि. द्वारा आयोजित सो बृहत साँस्कृतिक कार्यक्रममा लोकप्रिय सेलो तथा जुहारी गायक प्रेम लोप्चन, रंजिब योञ्जन र नन्दु राई छन भने गायिकाहरु सेलो जगतमै उदाएकी शासिकला मोक्तान, बरिस्ठ गायिका इन्दिरा गोले गुरुङ, सुनिता लुङ्वा फापरे गायिका सुनिता बल, रिता केसी र बाल गायिका जिग्मे छ्योकी रहनेछन ।

कार्यक्रम हुने मिति समय र स्थान ।

मिति-       श्रवान ११ गते शनिबार 
स्थान-      यांग्रिमा हिल सिटि होटल बौद्द 
सम्पर्क-     ९८४१२५६५८७, ९८१८१५९९१५ र ९८४९७५६८०१ 
आयोजक-  खोज इन्टरटेन्टमेन्ट मिडिया एण्ड मिडिया प्रा.लि. ।

 

  • 26
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here