•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा ।धनकुटामा आफ्नी आमाको मृत्यु पस्चात छोरीले हिन्दु संस्कारअनुसार काजकिरिया गर्न सुरु गरेकाछन् । छोरी क्रिया बस्नु हुँदैन भन्ने परम्परा अन्धविश्वासलाई तोड्दै जिल्लाको पाख्रिबास नगरपालीका वडानम्वर ४ का लक्ष्मि बस्नेत आमाको क्रिया गरिरहेका छन् ।

समाजले काजक्रियाका लागि छोरा हुनुपर्छ भन्ने मान्यता राख्ने गरेका छन् भने छोरा नहुनेको हकमा भने घर भित्रकै दाजुभाई भित्रका तेह्रदिने जुठो बार्न े व्यत्तिलाई क्रिया गर्न लगाउने चलन रहेको भएपनि छोरा नभएका कारण छोरा छोरी बिच समाजमा रहेको परम्परागत अन्धविश्वास तोडेर छोराछोरी बिच हुने विभेदलाई हटाउन पनि पारिवारीक सल्लाहा मै मृत्यु पस्चातको संकार पुरा गर्न जिम्मेवारी छोरीलाई दिइएको पाख्रिबास नगरपालीका वडानम्वर ४ का वडाअध्यक्ष सोवित निरौलाले ले जानकारी दनु भयो ।

पाख्रिबास नगरपालिका वडानम्वर ४ निवासी द्धवन बहादुर बस्नेत को धर्मपत्नि धनमाया बस्नेत को गत साउन ४ गते असामयिक निधन भएको थियो । स्वर्गिय धनमाया बस्नेत को चार छोरी रहेकाछन् अन्य छोरीहरुको विवाह भईसकेका कारण उहाँका कान्छि छोरी लक्ष्मि बस्नेत हिन्दु संकार अनुसार अहिले १३ दिने क्रिया मा बसेको उहाँका बडाबाउ धन बहादुर बस्नेत ले बताउनु भयो । लक्ष्मि बस्नेतले कपाल खौरने बाहेक सबै विधि पुरा गरेको बडाबाउ धन बहादुर बस्नेत ले बताए । लक्ष्मि बस्नेत स्नातक दोस्रो वर्षमा अध्यनरत छिन् । पाख्रिबास नगरपालीकाको छोरि क्रिया बस्ने पहिलो भएको वडाहध्यक्ष निरौलाले बताए । त्यस्तै गरी छोरी सगै स्वर्गिय धनमाया बस्नेतको पति द्धवन बहादुर बस्नेत पनि क्रिया बसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here