•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा का ३ जना वालवालिकालाई तमोर नदीले वगाएर वेपत्ता भएकाछन् । वेपत्ता हुनेमा धनकुटा नगरपालिका वडा नं ८ का शंख वहादुर राईका ९ वर्षका छोरा सन्दीप राई, ७ वर्षकी छोरीहरु एलिना र ६ वर्षकी सलिना राई रहेकाछन् ।

उनिहरुलाई आईतवार दिउँसो ३ वजेतिर पौडी खेल्ने क्रममा तमोर नदीको याक्चना घाट भन्ने ठाउँवाट नदीले वगाएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी उपरिक्षक सुदर्शन कोईरालाले जानकारी दिनुभयो । वावा आमा संग खेतमा गएको वेला वावा आमा काम गरिरहेको समयमा उनिहरु पौडीखेल गएका थिए ।

पौडी खेल्ने क्रममा एक जना वहिनीलाई नदीले वगाउदा दाई वचाउन गएको र दाई सँगै अर्को वहिनी पनि जाँदा तीनै जना नदीमा वेपत्ता भएको प्रहरीले जनाएको छ । सोही स्थानमा रहेका एक वच्चाले उनिहरु नदीमा वगेको देखेपछि उनिहरुका वावा आमालाई खवर गरेका थिए ।

त्यसपछि परिवार र आफन्तले खोजी गर्दा पनि नभेटीएपछि आज मात्र जिल्ला प्रहरी कार्यलयमा जानकारी आएको प्रहरी उपरिक्षक कोईरालाले वताउनुभयो । जानकारी पाउन साथ वेपत्ता वालवालिकाको खोजिका लागि प्रहरी परिचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here