•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा | धनकुटाको महालक्ष्मी नगरपालिका वडानम्वर ८ मा निर्माण हुदै गरेको निगाले चितुवाको स्तम्भ बिवादित बनेको छ । भाषिक पहिचानलाई समाप्त पार्न निगाले चितुवाको स्तम्भ निर्माण गर्न थालेको भन्दै नेपाल मगर संघ जिल्ला समन्वय समिति धनकुटाले वुधवार एक प्रेस विज्ञप्ती जारी गरेर निर्माण कार्य तत्काल रोक्न माग गरेको छ । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाको मगर भाषिक पहिचान रहेको स्थान निगिलिया (निगाले) मा भाषिक पहिचानलाइ समाप्त पार्न खोजिएको आरोप विज्ञप्तीमा लगाइएको छ । विज्ञप्तीमा भनिएको छ–“तथ्यहिन, आधारहिन, कपोलकल्पित, मनोगत रुपले नगरपालिकाको वडा नं.८ मुर्तिढुङगाको निगिलिया (निगाले) भन्ने स्थानमा वडाको गौरबको योजनाको नाममा प्रदेश सरकारको अनुदान सहयोगमा वडा कार्यालयले निगाले चितुवाको स्तम्भ निर्माण कार्य शुरु गरेको प्रति नेपाल मगर संघ जिल्ला समन्वय समिति, धनकुटाको आपत्ति छ ।”

निगिलिया (निगाले) कसरी नामाकरण भयो?

चार सय चौसट्ठी बर्ष अगाडि नेपालको उदगम स्थलतत्कालीन मगर राज्य गोरखा राज्य बन्नु भन्दा अगाडि गोरखा राज्य भित्र लिगलिगकोट राज्य थियो । बि.स.१६०४देखि १६१५ सम्म दौडबाट राजा छान्ने चलनबाट ११ बर्षसम्म दौडमा प्रथम भएर दलसुर घले मगर राजा भएका थिए।मुस्लिम शासकबाट उत्पिडनमा परेर भारत गढवाल कुमाउका जटाजुट पान्डेका कान्छा छोरा गणेश पान्डे जब हिन्दु राज्यको स्थापना, बिस्तार र संरक्षणको लागि बाबुको सल्लाह बमोजिम पाल्पाको सेन राज्यमा आइ सैनिक तालिम लिइ लमजुङ राज्यका राजा यशोब्रमहा शाहका कान्छा छोरा द्रब्य शाहको सम्पर्कमा पुगे ।द्रब्य शाह तत्कालीन गोरखाको भुरेटाकुरे राज्यमा हमला गरि स–साना राज्य एकीकरण गरि गोरखाको राजा बन्न चाहन्थ े। सो मुताबिक द्रब्य शाहले षड्यन्त्र गरेर लिगलिकोटमा भिषण हमला गर े। हमला पश्चात त्यहा मगर राज्यमा भिषण युद्ध भयो । सो भिषण युद्धमा धेरै मगर राजखानदान मारिए । युद्धबाट ज्यान जोगाउन पुर्ब ओखलढुङ्गा हुदै धनकुटा अहिलेको (निगाले) निगिलिया आइपुगे।यहाँ घले राजखानदान आउनु भन्दा अगाडि नैमगरहरुको बाक्लो बस्ती रहेको मगर भाषाबाट गाउँ–ठाउँको नाम रहनुले प्रमाणित गर्छ । जस्तो ः (देउ–राहा–ले बाट देउराली (देउता आउँछ), आर्खुलेबाट अर्खौले, पट्याकबाट (गुराँस) पट्याकडाँडा गुराँस डाँडा, आहाल्ले है आहाल्लैबाट (लैजाला) आहालेआदि निगिलिया (निगाले) वरीपरी मगर भाषाबाट रहेको गाउँठाउँको नाम हुन् । लिगलिग युद्धवाट ज्यान जोगाउन यहाँ आइपुगेका ती घले मगर राजखानदानलाई यहाँका मगरहरुले आफ्नो भाषामा तिमिहरु को हौ ?, कहाँबाट आइको(नाकोरिकरको सु आले, कुटौ राहाच भन्दा–उनिहरुले कानको लिगलिग्या लिगलिगे हौ भन्दा यहाको मगरले निगिलिया भनेको सुनेर यो ठाउँको नाम निगिलिया रहन गएको पुष्टि हुन्छ ।

यसरी मगर भाषाको प्राचिन भाषिक पहिचान भएको निगालियाको अस्तित्व समाप्त पार्न कपोकल्पित र मनोगत रुपमा “निगाले चितुवा) को स्तम्भ निर्माण गर्न लागेकोमा नेपाल मगर संघ जिल्ला समन्वय समिति घोरभत्र्सना गर्दछ, विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा सामुदायिक सदभावलाई कायम राख्न सो आयोजना निर्माण थालनी गर्नु पुर्व पनि स्थानिय समुदायसंग आवश्याक समन्वय सम्वाद नगरेकाले तत्काल स्थागित गर्न जोडदार माग गरिएको छ । अन्यथा यसवाट सृजित परिणामको सम्पुर्ण जिम्मेवारी सम्वन्धित पक्षले लिनुपर्ने जानकारी गराउँदछौं विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष चेतवहादुर राना मगरले हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here