•  
  •  
  •  
  •  
  •  
  •  
  •  

बर्हिगमित माओवादी लडाकुले पूर्व बाल लडाकुले पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोग प्रदान नगरे माओवादीका तत्कालिन नेताहरु प्रचण्ड, डा. बाबुराम भट्टराईलगायत अन्य नेताहरुलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’मा जाने चेतावनी दिएका छन् । उक्त चेतवानी राजधानीको रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरि दिएका हुन् ।

सरकार र सरोकारवाला पक्षले बालसैन्य भर्तीबाट भएको अधिकारको उल्लंघनको जिम्मेवारी नलिएको भन्दै बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका इन्चार्ज लेनिन बिष्टले जनयुद्धको औचित्य पुष्टि गर्न, भविष्यमा फेरि गरिब नेपालीका छोराछोरी युद्धमा प्रयोग हुँदैनन् भन्न् र सुनिश्चितता गर्न, सामाजिक न्यायमा आधारित भएर एकमुष्ठ सामाजिक तथा आर्थिक कार्यक्रम बनाएर लागू गर्न, जनमुक्ति सेनाहरको तत्काल विनासर्त रिहा गर्न र तीन महिनासम्म निशर्त माग पूरा गर्न माग गरे यदि मागको सम्बोधन पुरा नभए अन्तर्राष्ट्रिय फौजदारी अदालत “द हेगमा” उजूरीका लागि जान वाध्य हुने बताउदै चेतवानी दिए ।

बर्हिगमित जनमुक्ति सेना नेपालका अध्यक्ष असिम लिम्बूले पनि युद्ध अपराधमा धेरै नेताहरु जोडिसकेको र पार्टी एक गरेर भाग्न नसक्ने भनेका छन् । पूर्व लडाकुको जायज मागलाई सम्बोधन तत्काल नगरिए प्रचण्ड र बाबुरामलाई जेल जानबाट कसैले रोक्न सक्दैन साथै गम्भीर अपराधको सजाय भोक्नै पर्ने बताए । त्यसैगरी बर्हिगमित जनमुक्ति सेनाका उपाध्यक्ष राजन थापाले शान्ति प्रक्रियाको एउटा हिस्सालाई सडकमा छाडेर शान्ति प्रक्रिया पूरा भएको भ्रम फैलाइएको र बालसैन्यको मुद्दा सम्बोधन नभएकोले जबसम्म शान्ति प्रक्रियाको हिस्सा बालसैन्य र बर्हिगमित जनमुक्ति सेनाको जायज माग सम्बोधन हुँदैन, तबसम्म शान्ति प्रक्रिया पूरा हुँदैन भन्दै आफ्नो गहकिला भनाईहरु राखेका थिए ।

कार्यक्रममा बर्हिगमित जनमुक्ति सेना नेपालको केन्द्रीय संघर्ष समितिका विभिन्न समूहहरुबीच एकता गरि २५ सदस्यीय संघर्ष समितिको कार्यसमिति समेत गठन गरेका थिए ।

पत्रकार सम्मेलनमा लेनिन बिष्ट इन्चार्ज, सह इन्चार्ज तेजबहादुर बुढाथोकी, अध्यक्ष असिम लिम्बु, वरिष्ठ उपाध्यक्ष रमेश बसेल, उपाध्यक्षहरु योग्यबहादुर कार्की, खड्क बहादुर रम्तेल, सोमलाल घलान, राजन मगर, ज्वाला नेपाल, सुनिल, महासचिव कोपिला राई, उपमहासचिव तुलाराज राई, सचिवहरु भिमबहादुर तामाङ, रजनि तिमिल्सिना, राजु मोक्तान, शोभा रायमाझी, अनिता परियार, गोपाल बस्नेत, सहसचिव सविन पुन, सहसचिव दिनेश भण्डारी, प्रमानन्द नाथ, मदन राई, सुन्दर पाण्डे, कोषाध्यक्ष मोतिसरा खड्का उपस्थिति भएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here