•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा ।अविरल बर्षाका कारण पहिरो खस्दा सुक्रबार बिहान देखि धरान धनकुटा कोशी राजमार्गा को विभिन्न भागमा पहिरो गएर अवरुद्ध भएको सडक करिब सात घण्टा पछि एक तर्फी सडक सवारी साधन चल्ने गरी खुलाइएको छ । कोशी राजमार्गमाअन्तरगत पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ लावरबोटेमा पहिरोले सडक अवरुद्ध भएपछि राजमार्ग अवरुद्ध भएको थियो । सडक माथि बाट खसेको पहिरोलाई स्काइभेटरले पन्छाए पछि सो ठाउँमा एक तर्फी रुपमा सडक खुलाइएको धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोईरालाले बताउनु भयो । पहिरो पन्छ्याउने कार्य जारी रहेपनि माथि पहिरो खस्ने क्रमजरी रहेकाले पहिरोजान छेडेपछि मात्र पुरै सडक सञ्चालन हुने जिल्ला प्रहरी कार्यलयका प्रमुख कोइराललाले जानकारी दिएको छ । राजमार्ग अवरुद्ध भएपछि कोशी पहाडका धनकुटा सहित भोजपुर, संखुवासभा, तेह्रथुममा पुग्ने संयौं सवारी साधन जाममा परेका थिए ।

त्यस्तै साँगुरीगढी गाउँ पालिका ६ कै गर्जुवा खोलामा आएको बाढीले कोशी राजमार्ग अन्र्तगत धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको थियो । माटोको लेदो सहित खोलामा आएको वाढीले सडक पुरिए पछि विहिवार रातीे देखि कोशी राजमार्गमा सवारी आवात जावत बन्भदएको थियो। सडक माथि थुप्रिएको माटो सहितको लेदो डिभिजन सडक कार्यालयको स्काइभेटरले पन्छाए पछि सो ठाउँमा एक तर्फी रुपमा सडक खुलाइएको सुपरभाइजर अम्विका राईले बताउनु भयो । । त्यस्तै लगातारको वर्षाको कारणले कोशी राजमार्गका १ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ। रुद्रबारी, गुठीटार, जिरोप्वाइन्ट लगायतका दर्जनौं स्थानमा पहिरो गएको छ।

। विद्युतको निर्माणाधिन हाइटेन्सन लाइन वनाउन खनिएको नयाँ वाटोको माटो भत्किएर गर्जुवाखोलामा झर्दा सोही वाटो बागाएर सडक अवरुद्ध पारेको उनले बताइन । यस भन्दा पहिल्यै वर्खाको बेला गर्जुवा खोलामा आउने वाढीले राजमार्ग अवरुद्ध हुनु पथ्यो। तर सडक डिभिजन कार्यालयले वर्खा लाग्नु भन्दा अगाडी नै वाढी रोकथामको लागि विभिन्न संरचनानिर्माण गरेर सर्तकता अपनाएको थियो। वाढीमा आएको माटो खोलाको भन्दापनि नयाँ सडक बनाउँदाको माटो भएको कारण राजमार्ग अवरुद्ध भएको उनले दावीगरिन ।

कोशी राजमार्ग अन्र्तगत धरान–धनकुटा सडक खण्डको साँगरीगढी गाउँपालिकाको लावरवोटेनजिकै पहिरो खसेर ३३ केभीलाईन प्रशारणको तीन वटा पोल ढलेपछि शुक्रवार विहानै देखि विद्युतआपूर्ति बन्द भएको विद्युत आपूर्ति भने करिब ८ घण्टा पछि सुचारु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here