•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा | प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुजिगत तर्फबाट धनकुटानगरपालीका वडानम्व १ हिले ले शनिबार एक कार्यक्रमका बिच धनकुटानगरपालीका वडानम्वर १ बोक्रे बरबोटे टोलमा ८५ प्रतिशत अनुदानमा जन एकता कृषि सहकारी संस्थालाई ३५ सय मिटर सिचाई को लागी पाएप वितरण गरेको छ ।

जन एकता कृषि सहकारी संस्थाका अध्यक्ष पूर्ण बहादुर घिसिङ को अध्यक्षतामा सम्पन्न भएको पाएप वितरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि धनकुटानगरपालीका वडानम्वर १ का वडाअध्यक्ष निरन तामाङ ले सहकारी संस्थाका कृषकहरुलाई पाएप वितरण गर्नु हुदै कृषकहरुलाई सिचाईको समस्या समाधान गर्नका लागि पाएप वितरण गरिएको हुदा दुरुपयोग नगरीकन सहिठाँउमा प्रयोग गरेर व्यवसायिक कृषक बन्न कृषकहरुलाई सल्हादिनु भएको थियो ।

आगामी दिनमा पनि कृषिमा आधुनीकरण ल्याई ल्याउन तथा कृषकलाइ कृषि पेशामा आत्मा  निर्भर बनाउनका लागि वडा बाट पनि विभिन्न सहयोग गर्दे जाने प्रतिवद्धता जनाउनु भयो । सहकारीका कृषकहरुले अर्गानिक बेमौसमि तरकारि जस्तै साग ,आलु, मुला , बन्दागोभी जस्ता तरकारी उत्पादन गर्दै आइरहेकाछन् किसानहरुलाई समयमा पानि नपर्ने र पानिको मुहान टाढा हुदा सिचाईमा समस्या भइरहेको ले किसानहरुको सिचाईको समस्या समाधान हुने सहकारीका अध्यक्ष पूर्ण बहादुर तामाङ ले बताउनु भयो । कार्यक्रममा हिले बजारव्यवस्थापन समिती का सचिब फुर्वा घिसिङ सहकारीका कृषकहरुको उपस्थिती थियो । कार्यक्रमको स्वागत मन्तव्य सहकारीका सहसचिव दुर्गा बहादुर दर्लामी ले राख्नु भएको थियो । सञ्चालन सचिव पुस्पलाल तामाङ ले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here