•  
  •  
  •  
  •  
  •  
  •  
  •  

दश बर्षे जनयुद्द पश्चात जनयुद्दको नेतृत्व प्रचण्ड अहिले दुई तिहाईको बहुमत नेकपा सरकारमा छन । भन्नु पर्दा धेरै विश्लेषकहरुले उनलाई एमालेमा बिलिन भएको भनेर पनि पुष्टि गर्दै आएको छन् । जनयुद्दको बेला हरेक सान्ति सम्झौताहरुलाई पुरा नगरिएको भन्दै केहि असुन्तुस्टी पक्षहरु भने बहिरा नै हरेक तवरले संघर्षरत छन् ।

त्यसै गरि प्रचण्ड नेतृत्वले सेना समायोजन को बिषय लिएर कति सेनाहरुलाई र बाल सेनाहारुलाई योग्य र आयोगय्को मापदण्ड दिएर भेदभाब गरिएको छ भने कति जनयुद्दको जिउदो सहिदहरु अनन्य पूर्ण छटपटी रहेको छ । यसै बिषयलाई लिएर बहिर्गमित जनमुक्ती सेना नेपालको केन्द्रीय संघर्ष समिती को उपध्यक्ष “सुवास” ले प्रचण्डलाई दवाबपूर्ण र शान्तिपूर्ण बार्ताको लागि तयारि रहन या बैकल्पिक अन्तरष्ट्रिय अदालत जान तयारी हुन् एउटा चिठ्ठी लेखेका छन । चिठ्ठी यस्तो छ ।

सम्माननिय: पुर्ब प्रधानमन्त्री तथा नेकपा को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ज्यु,

आम नेपाली आमाका छोराछोरिलाइ परिबर्तनको ठुलो सपना देखाएर १० बर्षे जनयुद्धमा कापी कलम बोक्ने कलिला हातहरुमा जबर्जस्ति अन्तरास्ट्रिय कानुन बिपरित बन्दुक बोकाएर लड्नु सिकाउनु भयो, ति बालकहरुको के दोष थियो र ? लड्नु लगाउनु भयो लड्यो, सेना समायोजन र शान्ती प्रकृयाको नाममा अस्थाई माओबादी शिविरमा कथित विदेशी (UN) लाइ बोलाएर प्रमाणी करण गर्नु लगाउनु भयो प्रचण्ड ज्यु आफ्नो मुलुकको समस्या समाधान गर्ने दायित्व यहि राज्यको होइन र? किन विदेसीलाइ गुहार्नु भयो जाबो सेना समायोजनको प्रक्रियालाई टुङ्गाउन ?

कि २०५२ सालको जनयुद्ध थालनी गर्दा ति विदेशीहरुकै इसारामा उहाहरुकै आदेशमा गर्नु भएको त होइन ? यदि उनिहरुकै परिचालनमा आदेशमा भएको जनयुद्ध थियो भने किन ४००९ जना बालबालिकाहरुलाई योग्य देख्नु भयो र लडाउनु भयो ? शान्ती प्रकृयामा आइसके पछि तपाईलाई प्रधानमन्त्रीको कुर्सी सम्म नपुराउन्जेल सम्म योग्य देख्नु भयो भने, तपाइलाइ कुर्शी सम्म पुराइ सकेपछी कसरी अयोग्य देख्नु भयो? यति मात्रै होइन १७ हजार सहिद भएका छन् भने १२ हजार अङ्गभङ्ग भएका छन् हजारौको संख्यामा बेपत्ता भएका छन् खोइ समस्या को समाधान गर्नु भएको ?

१७ हजार सहिदको रगत र पसिना माथी होलि खेल्दै १२ हजारौ लाइ घाइते बनाउनु भयो हजारौलाइ बेपत्ता पार्नु भयो खोइ सहिद परिवारको सपनाहरुलाई पुरा गर्न सक्नु भएको ? खोइ घाइते अपांग भएका योद्धाहरुलाई सहि ढंगले उपचार गरि समाजमा ब्यबस्थापन गर्नु सक्नु भएको ? खोइ हजारौ बेपत्त हरुको छानबिन गरि सत्यतथ्य विवरण सार्बजनिज गर्नु सक्नु भएको? अब तपाई जस्ता गद्दार नेता संग हामिले के अपेक्षा गर्ने ? तपाइहरुबाट हाम्रो गुमेको अधिकार सजिलै नपाउने भईसके पछि कानुनी बाटो लाइ प्रयोग गरेर हामि आफ्नो अधिकारको लागी लडिरहदा आज आएर तपाइको नजरमा हामीलाइ प्रतिकृयाबादी शान्ती बिरोधी, परिबर्तन बिरोधी देख्नु भयो तपाइको आँखा कमजोर भएको रहेछ, राम्रो सँग चेकअप गरेर चस्मा लगाउनु होला प्रचण्ड ज्यु शिघ्र-स्वास्थ्य लाभको कामना पनि गर्दछु।

यो मुलुकको एउटा जिम्मेवार पथमा बसिरहदा मनलाग्दी बोल्दै बस्ने कि अधुरो शान्ती प्रकृया पुरा गर्ने काम तिर अगाडी बढ्ने ? यो बिषय नेपाल बाटै हल नगरे तपाईलाई ३ महिना भित्र अन्तरास्ट्रिय अदालत “हेक” लगेरै छोड्छौ कुनै पनि हालतमा हामी माथी भएको अन्यायको बिरुद्धमा कानुनी लडाइ लडेर हाम्रो अधिकार सुनिश्चित गरेरै छाड्छौ कसैले रोकेर रोक्न सकिन्न , प्रचण्ड ज्यु तपाई भ्रममा नपर्नुस हामी कसैको परिचालनमा अगाडी बढेका छैनौ,हामी आफ्नै गुमेको अधिकार खोजी रहेका छौ हामीहरुलाई अधिकार बाट बन्चित गराउनु भएको छ। भने त्यही अधिकार सुनिश्चित गर्नुको निम्ती लडिरहेका छौ।

अझै पनि केहि बिक्रिएको भत्किएको छैन यो समस्या समाधान गर्न ४ वटा महत्त्वपूर्ण सुझाब दिनु चाहान्छु तपाइलाई ।

(१) यो समाधान नेपालबाटै गर्ने हो भने तपाइहरु गम्भिर जिम्मेवार बन्नुस।

(२) कुनै छलछाम षडयन्त्र नगरी जाहेज माग सम्बोधन गर्न बार्ता को तयारी गरि समाधान गर्ने बाटो तय गर्नुहोस।

(३) हामी आफ्नो गुमेको अधिकार मागेर शान्तिपुर्ण ढंगले कानुनी लडाइ लडिरहदा तपाइले हामी माथी लगाएको आरोप प्रतिआरोप सबै झुट हो यो झुटको खेती गर्न बन्द गर्नुहोस।

(४) हामिलाइ यहि मुलुक बाट न्याय पाउने गरि ग्यारेन्टी गरिदिनुस हामी बार्तामा बस्न तयार छौ।

बहिर्गमित जनमुक्ती सेना नेपाल केन्द्रीय संघर्ष समिती
उपाध्यक्ष: राजन थापा( सुवास)

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here