•  
  •  
  •  
  •  
  •  
  •  
  •  

गौतम बुद्धको जन्मस्थल सम्बन्धी विभिन्न मुलुकमा रहेको भ्रम चिर्ने अभियानमा लागिरहेका चर्चित गायक धिरज राईले सोमबार काठमाडौँमा एक कार्यक्रम गर्दै यो अभियानमा पर्वतारोहीलाई पनि संलग्न गराएका छन् । पासाङ ल्हामु पर्वतारोहण केन्द्रमा भएको कार्यक्रममा गायक राईले ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएको बुद्धको तस्वीर अंकित स्टीकर लुक्लादेखि सगरमाथाको चुचुरोसम्म राखिने बताए ।

‘पर्वतारोहीले चिर्नेछन् बुद्धको भ्रम’ शीर्षकमा सुरु हुने यो अभियानमा गायक राईलाई १६ पटक सगरमाथा आरोहण गरेका जाङ्बु शेर्पाले साथ दिदैछन् । शेर्पाले बुद्ध वाज बर्न इन नेपाल लेखिएको स्टीकर सगरमाथाको चुचुरोसम्म पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा ५० भन्दा बढि पर्वतारोही सहभागि थिए । सहभागि सबै पर्वतारोहीलाई स्टीकर पनि बाँडिएको थियो । पर्वतारोहीले अभियानकै रुपमा विदेशी नागरिकलाई गौतम बुद्धको जन्मस्थल नेपाल रहेको तथ्य जानकारी गराउने प्रतिबद्धता पनि गरेका छन् ।

यसै अभियान अन्तर्गत गायक राईले केही दिन अघि भेडेटारका ५० होटलमा पनि स्टीकर टाँसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here