• 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं, साउन १५ : प्रधानमन्त्री केपी शर्मा अाेलीले पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा याेगेश भट्टराईलाई नियुक्त गरेका छन् । आज अपराह्न ४ बजे सपथ ग्रहण राखिएको छ।

नवनियुक्त मन्त्री भट्टराई ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। विद्यार्थी राजनीतिबाट आएका भट्टराई अनेरास्ववियुका पूर्व अध्यक्ष हुन्। उनी नेकपाका सबैभन्दा ‘पपुलर’ दोस्रो पुस्ताका नेता हुन्।

गत फागुन १५ गते ताप्लेजुङमै भएकाे हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रविन्द्र अधिकारीकाे निधनपछि उक्त पद रिक्त थियाे।

  • 12
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here