27 C
Kathmandu, Nepal
Monday, August 19, 2019
Home समाचार अन्तरास्ट्रिय अभिनेत्री प्रियंकाको जन्मदिनको सामाजिक सञ्जालमा भाइरल केक मात्रै ५ लाख ५० हजारको

अभिनेत्री प्रियंकाको जन्मदिनको सामाजिक सञ्जालमा भाइरल केक मात्रै ५ लाख ५० हजारको

धुन खबर बाट
  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

अभिनेत्री प्रियंका चोपडाले गएको १८ जुलाईमा आफ्नो ३७ औं जन्मदिन परिवारसँगै अमेरिकाको मायामीमा मनाएकी थिइन् ।

जन्मदिनको अवसरमा प्रियंकाले लगाएको रातो ड्रेसले सबैको ध्यान खिचेको थियो । प्रियंकाको तस्बिरका साथै उनको जन्मदिनको केकको पनि सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो ।

अहिले आएर प्रियंकाको जन्मदिनको केकको मूल्य सार्वजनिक भएको छ । जसको मूल्य निकै महङ्गो छ ।

सञ्चारमाध्यमहरुका अनुसार प्रियंकाको जन्मदिनको केकको मूल्य ५ हजार अमेरिकी डलर अर्थात् झण्डै ५ लाख ५० हजार नेपाली रुपैयाँ पर्न आउँछ ।

प्रियंकाको जन्मदिनको केकलाई उनका श्रीमान निक जोनसले रातो र सुनौलो रंगले सजाउन सुभाव दिएका थिए । त्यो केक बनाउनका लागि २४ घण्टा लागेको थियो ।

‘डिभाइन डेलिकेसिज केक्स’ नामको बेकरीले तयार पारेको केकको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि पोस्ट गरिएको थियो ।

बेकरीले जेनिफर लोपेज, टम क्रुजजस्ता ग्लोबल स्टारका लागि पनि केक डिजाइन गरिसकेको छ । प्रियंकाको जन्मदिनको केकको मूल्य सार्वजनिक भएसँगै यतिबेला फेरि उनी चर्चामा आएकी छिन् भनेर धुनखबरमा उल्लेख गरिएको छ ।

  • 31
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here