• 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं– जोरपाटी—सुन्दरीजल सडक किनारको सरकारी जग्गा खाली गर्न गोकर्णेश्वर नगरपालिकाले सूचना जारी गरेको छ ।

सो सडक लामो समयसम्म विस्तार हुन नसक्नुको प्रमुख कारण जग्गाको विवाद रहेको थियो । तत्काल सडक मर्मत तथा विस्तार हुन नसक्दा स्थानीयले पटकपटक सडक अवरुद्ध समेत गरिरहेका थिए ।

सडक विस्तार आयोजना प्रमुख अर्जुन अर्यालको अध्यक्षतामा बसेको बैठकले सडक विस्तार गर्ने कार्य सुचारु गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार यस सडकखण्डमा पर्ने सार्वजनिक, पर्ति जग्गा अधिकतम २२ मिटरसम्म र अन्य व्यक्तिगत घर बाहेकको सम्पूर्ण संरचना हटाइने र दशै अघि मर्मत कार्य सम्पन्न गरी दशैपछि कालोपत्रे गर्ने बारे सडक विस्तार आयोजना र गोकर्णेश्वर नगरपालिकाबीच सहमति भएको छ ।

नगरपाकिलाको सो सडकमा सार्वजनिक जग्गामा बनेका घर टहरा हटाउन निर्देशन समेत दिएको छ ।

  • 8
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here