• 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

एजेन्सी । भारतको गुजरात राज्यको महीसागरमा एक विषालु सर्पले ६० वर्षका वृद्धलाई डसेपछि रिसमा उनले पनि सर्पलाई टोकेका छन् । आफूलाई टोक्दासाथ ती व्यक्तिले सर्पलाई हातले समातेर दाँतले लुछेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । सर्पको विष फैलन नपाउँदै सर्प मर्यो । लगत्तै ती वृद्धको पनि ज्यान गएको थियो ।

 

पर्वत गाला नामका वृद्ध खेतमा काम गर्दै थिए, त्यसै क्रममा उनलाई विषालु सर्पले डसेको थियो । सर्पले मुख र हातमा डसेपछि उनले पनि दौडेर सर्प समाते अनि दाँतले लुछे । केही मिनटमा सर्प मर्यो भने वृद्धले पनि ज्यान गुमाए ।

पर्वत गालालाई स्थानीयले अस्पताल लगेका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको थियो । प्रहरीले भने सर्प मारेको अभियोग लगाएर गाला विरुद्ध मुद्दा चलाएको थियो ।

  • 11
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here