• 88
  •  
  •  
  •  
  •  
  •  
  •  
    88
    Shares

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका को पशु सेवा शाखा कार्यलय र कृषि साखा कार्यलय मार्फत आर्थिक वर्ष २०७५।०७६ मा विनियोजीत बजेट मार्फत ६२ लाख १६ हजार बराबर को विभिन्न योजना तथा कार्यक्रम सम्पन्न भएको छ । जस अन्तरगत पशुसेवा साखा कार्यलयबाट २० लाख १६ हजारको विभिन्न कार्यक्रम तथा योजनाहरु सम्पन्न गरिएको हो ।पाख्रिबास नगरपालीका पशु सेवा साखाका अधिकृत गोरख तामाङ ले जानकारी दिनु भएको छ । सोहि अनुसार पशु सेवा साखा कार्यलयबाट पाख्रीबास नगरपालीका को १० ओटै वडा मा रेबिज रोग नियन्त्रण गर्नका लागी जम्मा १५ हजार ७५ वटा कुकुरहरु लाई रेविज विरुद्ध को ४ लाख बराबरको खोप लगाइएको पाख्रीबास नगरपालीका पशुसाखा अधिकृत गोरख तामाङ ले जानकारी दिनुभएको छ ।

त्यस्तै गरी ५ सय वटा गाई भैसी विमा गरी कृषकको पशुधनको सुरक्षा गरे बापत १० जना कृषकलाई विमित पशुको मृत्यू भए वापत ८ लाख रुपैया वितरण , अण्डा तथा मासुमा आत्मा निर्भर गर्न २ वटा लेयर्स तथा लोकल कुखुरा र्फमहरुलाई १ लाख अनुदान प्रदान , स्वच्छ मासु उत्पादन गर्न पाख्रीबास बजारमा रहेको २ वटा मासु पसल सुधारका लागी १ लाख , मासुमा आत्मा निर्भर गर्न तथा व्यवसायिक रुपमा बाख्रापालन व्यवसाय सञ्चालन गर्नकालार्ग ४ वटा बाख्रा फर्महरुलाई रु ५० हजारको दर ले २ लाख रुपैया प्रदान , व्यवसायिक पशु फर्म तथा कृषकहरुलाई निशुल्क रुपमा उन्तजातका भुई तथा डाले घासको विरुवा वितरण ,व्यवसायिक पशु फर्महरुलाई ७५ प्रतिशत अनुदानमा ३ वटा घास काट्ने मेशिन वितरण , ५ सय २४ वटा गाई तथा भैसिहरुमा कृत्रिम गर्भादान गरी नश्ल सुधार र नगरपालीका भित्र का पशुसम्बन्धि विभिन्नखालका १३ हजार औसधि निशुल्क वितरण गरिएको पशुसाखा कार्यलयका अधिकृत गोरख तामाङ ले जानकारी दिनु भएको छ ।

त्यस्तै गरेर आर्थिक वर्ष २०७६।२०७७ लागी १५ लाख बराबरको विभिन्न योजना तथा कार्यक्रम छनोट गरीएको पशुसाखा अधिकृत तामाङले जानकारी दिएको छ । जस अनुसार २०७६।२०७७ मा रेविज रोग नियन्त्रण शिविर सबैवडामा संचालन गरीने , आकास्मिक पशुपंछी उपचार सेवालाई निरन्तरता दिइने , एक वार्ड एक उत्पादनलाई प्राथमिक्ता दिई कार्यक्रम अगाडी बढाईने , पशु आशाराको लागी स्रोत स्थापना गरीन्ने , पशुपालन सम्बन्धि गोष्ठि कार्यक्रम गरी चेतनामा वृद्धि गरीने , गाई भैसीमा नश्ल सुधार अभियान कार्यक्रम गरीने र पशु विमा कार्यक्रमलार्ई बृहत रुपमा सञ्चालन गरीन्ने योजना तथा कार्यक्रम रहेको पशुसाखा कार्यलयले जनाएको छ । त्यस्तै गरी पाख्रिबासनगरपालिका धनकुटा को आर्थिक वर्ष २०७५।२०७६ मा कृषिसाखा मार्फत विनियोनित बजेट ४२ लाख बाट विभिन्न कृषि सम्बन्धि कार्यक्रम तथा योजना सम्पन्न भएको छ ।

पाख्रिबास नगरपालीका को १८ लाख र प्रदेश सरकार को सस्त्र कार्यक्रम अन्तरगत २४ लाख गरि ४२ लाख बराबरको विभिन्न कार्यक्रम तथा योजना सम्पन्न गरिएको प्रा.सा. इन्द्रमाया तामाङ ले जानकारी दिनु भएको छ । जस अन्र्तरगत कृषि तर्फ सम्पन्न कार्यक्रम तथा योजनाहरु साना सिचाई , मिनि टिलर वितरण , प्लाष्टिक टनेल वितरण , मौरिको घार वितरण , खाद्ययन तर्फ मकै , धान , लगाएत तरकारी बालीको विउ वितरण ,असिना पिडित कृषकलाई राहत वितरण , फलफुल खेति तर्फ एवोकार्ड , आप, लिची , सुन्तला र कागती को विरुवा कृषकहरुलाई वितरण , र कृषकहरुलाई विभिन्न सिपमुलक प्राबिधिक तालिमहरु प्रदान गर्दै आर्थिक वर्ष २०७५।२०७६ को कृषिसाखा को कार्यक्रम तथा योजना सम्पन्न गरिएको पाख्रिबासनगरपालीकाको कृषाखा कार्यलयका प्रा.सा इन्द्र माया तामाङ ले बताए ।

  • 88
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here