• 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलनमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई ‘होली वाइन’ खुवाउने दक्षिण कोरियाली क्रिश्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेशनकी प्रमुख सिन ओक जुलाई कोरियाली अदालतले सजाय तोकेको हो ।

बिबिसीका अनुसार सन् २०१४ मा आफ्ना ४ सयजना अनुयायीलाई फिजी टापुमा लगी बन्धक बनाई यातना दिएको अभियोगमा अदालतले उनलाई दोषी प्रमाणित गरेको हो । ती अनुयायीको राहदानी जफत गरी उनीहरूको प्रेत भगाउने नाममा चरम यातना दिएको अदालतको ठहर छ । गत वर्ष डिसेम्बरमा नेपाल आई प्रधानमन्त्री ओली, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतको विशेष साथसहयोगमा उनको संस्थाले नेपालमा विवादास्पद ‘होली वाइन’ सम्मेलन आयोजना गरेको थियो । मातालाई कोरियाली अदालतले ६ बर्षको जेल सजाय तोकिएको छ ।

आफूलाई ईश्‍वरकी छोरी दाबी गर्ने उनले सम्मेलनका सहभागीलाई ‘होली वाइन’ बाँडेकी थिइन् । उनी ‘होली वाइन’ माताका रूपमा चर्चित छन् । क्रिश्‍चियन धर्मप्रचारक उक्त संस्थाको नेपाल हर्ताकर्ता नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल हुन् ।

  • 17
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here