• 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

नेकपा विप्लप लाई सरकार द्वारा प्रतिबन्धित गरिएपछि पछिल्लो चरणमा धेरै गतिविधिहरु हुदै आएको छ । विप्लप नेतृत्वलाई सरकारले धरपकट र गिरफ्तारी साथै मुड्भेट क्रममा कारबाही गरिदै आएको छ । यसै क्रममा कैलाली विप्लप नेतृत्वले कैलाली जनअदालत प्रमुख विकासको नामबाट शुक्रबार जारी पक्राउ पुर्जीमा राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरलाई ‘२५ दिनभित्र उपस्थित हुन’ आदेश दिएको छ ।

कैलालीको वर्दगोरीया गाउँपालिका–१ साझा भन्ने ठाउँमा बस्ने नवराज कुँवरका छोरा भैरव कुँवरलाई उक्त पक्राउ पुर्जी जारी गरिएको हो। अनुसन्धान विभागमा असई पदमा कार्यरत कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ। ‘बाटोका म्यादबाहेक २५ दिनभित्र आफैं वा पक्राउ पुर्जी बमोजिम पक्राउ परी यस अदालतमा हाजिर हुन  पुर्जीमा उल्लेख गरिएको छ। असई कुँवरकाविरुद्ध नेकपाका कार्यकर्ता ‘तुफान’ ले अभियोग दर्ता गराएको र जनसरकार प्रमुख अनुकलले प्रतिवेदन बुझाएकाले सोहीका आधारमा पक्राउ पुर्जी जारी गरिएको नेकपाको दाबी छ। आफैं वा पक्राउ परी आएमा जनअदालतले व्यवहार बुझेर जनअदालतको कानुनअनुसार कारवाही हुने उल्लेख छ।

तोकिएको म्यादमा उपस्थित नभएमा जुनसुकै कारबाही गर्ने चेतावनी नेकपाले दिएको छ। जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि कारवाही गर्न आदेश दिइएको पक्राउ पूर्जीसँगै टाँसिएको ‘चेतावनी पत्र’ मा भनिएको छ।‘म्याद गुजारी फरार रहेमा देश र जनताको हितविरुद्ध नेता कार्यकर्ताको सुराकी, हत्या, अपहरण र यातनामा संलग्न रहेको पाइएमा, जिल्ला जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि ‘इन्काउन्टर’ गर्न आदेश दिइएको छ’, चेतावनीपत्रमा उल्लेख छ।

चेतावनीको बिज्ञप्ति सहित पक्राउ पुर्जी ।।

  • 10
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here