• 90
  •  
  •  
  •  
  •  
  •  
  •  
    90
    Shares

तामाङ समाज कतार अब देखि प्रवासी भूमिमा मात्र नभएर नेपालमा पनि बैधानिक रुपमा संचालन गरिने भएको छ । कर्म भुमि परदेश बाट स्वदेश फर्किएका पुर्व नेपाली पदाधिकारीहरुर बीच एकीकृत गरि हाल काठमाडौँमा निबर्तमान सल्लाहकार रोशन तामाङको सयोजकत्वमा नौ “९” सदस्य तदर्थ समिति गठन गरिएको हो ।

उक्त समाजको स्थापन सन् २००५ कतारमा भएको थियो त्यहि अन्तरगत रहेर हाल नेपालमा नयाँ कार्यसमिति गठन गरिएको हो । नेपाल प्रवासी तामाङ समाज कतार समाज संग आवद्ध व्यक्तिहरु संग समन्वय गरी विधान तयारी, नामाकरण लगायतका आवश्यक प्रक्रिया पुर्याई संस्था दर्ता गर्नेछ, तर यो संस्था नेपाल प्रवासी तामाङ समाज कतारको सदस्यता लिई कतार नफर्किने गरी नेपाल फर्किएका बाट मात्र संचालित हुनेछ ।

पूर्व सल्लहाकार तथा संस्थाको आजिवन सदस्य कुमार मोक्तान तामाङ, पूर्व अध्यक्ष थर्च लामा तामाङ, सल्लाहकार रोसन दोङ तामाङ लगायत भेलामा सहभागि तामाङ समाज कतारको पूर्व सदस्यहरुले सम्बोधन गर्दै नेपालमा स्थापना हुन लागेको समितीको समर्थन र साथ सदैब हुने बताएका छन् ।

समाजका महासचिब अशोक सिङ्दान तामाङले सन्चालन गरेको कार्यक्रममा बिगत कतारमा बसी अमुल्य योगदान दिएकहरु प्रति भेटघाट गर्न र आपसी समन्वय गर्नको लागि पनि यो संगठन बाट सहज हुने बताए । औपचारिक रुपमा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष तथा नेत्र कुमार वाईबाको सभापतित्वमा समापन गरेका थिए ।

तामाङ समाज कतारको बर्तमान कार्यसमितिको सचिबालायले निर्णय गरे अनुसार नेपालमा नयाँ संस्था स्थापना गर्ने समितिको विवरण ।
1. संयोजक – रोशन तामा
2. सह-संयोजक – संजय तामाङ
3. सचिव – कमल योञ्जन तामाङ
4. आर्थिक संयोजक – सुना तामाङ (सोनी लुङबा)
5. सदस्य – अमृत तामाङ
6. सदस्य – निमा मोक्तान तामाङ 
7. सदस्य – मनिषा वाईबा
8. सदस्य – सबिना तामाङ 
9. सदस्य – बुद्ध कुमार योञ्जन
  • 90
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here