• 106
  •  
  •  
  •  
  •  
  •  
  •  
    106
    Shares

काठमाडौं / नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले तिब्र रुपमा संगठन विस्तारको अभियान थालेको छ। अखिल (क्रान्तिकारी)ले काभ्रे जिल्लाभरी नै सामुदायिक र सरकारी क्याम्पसहरुमा आफ्नो संगठन बिस्तार गर्न मुल एकाई कमिटिको गठनलाई प्राथमिकता दिएको हो  ।

विधालयहरुमा भएको शैक्षिक बिकृति बिरुद्द अखिल (क्रान्तिकारी)विद्यार्थी संगठनले यो अभियान थालिएको हो । संगठनका मूल मर्म हरेक विधालयहरुमा निशुल्क रुपमा गुणस्तरिय शिक्षा पाउनु पर्ने, विधालयहरुमा भएका विद्यार्थीहरुमा समान व्यवहार हुनु पर्ने र विधालयहरुमा भएका हरेक समस्याहरुको समाधान गर्नु पर्ने अखिल (क्रान्तिकारी) को उद्देश्य रहेको छ । यस्ता समस्यहरुको समधानको लागि जसरि पनि अखिल (क्रान्तिकारी) लागी पर्ने भएका छन् ।

श्रवाण २० गते संगठनकी उपाध्यक्ष तथा प्रदेश न. ३ को संयोजक शिलु न्यौपानेको प्रमुख उपस्थितिमा अखिल (क्रान्तिकारी) काभ्रे जिल्ला अन्तर्गत उक्त संजिबनी नमुना मा.वि धुलिखेलमा म्यानेजमेन्ट, बिज्ञान र इन्जिनेरियङमा ४३ जनाको कमिटि तथा ३३ जनाको मूल इकाई  कमिटिको गठन गरिएको हो ।

संगठन कार्यक्रममा अखिल नेपाल तामाङ मुक्ति मोर्चाको केन्द्रिय सदस्य टेक बहादुर तामाङ, काभ्रे जिल्लाको दलित मुक्ती मोर्चाको अध्यक्ष नारायण रिजाल, अखिल (क्रान्तिकारी) काभ्रे जिल्लाको संयोजक शोभा सेन्चुरी , काभ्रे जिल्लाकै अखिल (क्रान्तिकारी) सचिब नबिन वाईबा विद्यार्थी नेताहरु बसन्त बि.क. र रुपा रम्तेल सहितको उपस्थिति रहेको थियो ।

  • 106
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here