• 108
  •  
  •  
  •  
  •  
  •  
  •  
    108
    Shares

लालितपुर ।जावलाखेल युथ क्लबको निर्वाचन आज सकिएको छ। क्लबको नयाँ नेतृत्वकालागि ठूलोभाई के सी समुह र महेन्द्र क्षेत्री समुह बिच प्रतिस्पर्धा भएको थियो।

३८७ जना सदस्य रहेको क्लबमा ३७७ जनाले मतदान गरेका थिए। अध्यक्ष उपाध्यक्ष महासचिवसहित १४ कार्यसमितिका लागि भएको निर्वाचनमा २८ जनाले उम्मेदवारी दिएका थिए।जसअनुसार तीन वर्षे कार्यकालका लागि अध्यक्षमा महेन्द्र क्षेत्री (२४१ मत) ले विजयी भएका छन् उहाँका निकटतम प्रतिस्पर्धी ठूलोभाई के सीले (१३१ मत) प्राप्त गरेका थिए।त्यसैगरी उपाध्यक्षमा क्रमशः किरोजमान सिंह बस्नेत,उज्ज्वल कर्माचार्य, समीर के सी विजयी भएका छन् ।

त्यस्तै पवन गिरी महासचिवमा र कविर बस्नेत सचिवमा विजयी भएका छन्। कोषाध्यक्षका लागि महेशचन्द्र महत(मलमल) विजयी भएका छन्।त्यस्तै सदस्यहरुमा रवि खड्का,राजु बोगटी, विकास कार्की, सुनिल केसी, निरज खड्का,नरेश थापा, प्रदीप तण्डुकार विजयी भएका छन्। बिहान ८:०० बजेबाट सुरु भएको मतदान दिउसो २:०० बजे सकिएको थियो।

मतदान सकिए लगतै मत गणना सुरु गरिएको थियो।निर्वाचन शान्त रुपमा धाँधलीरहित तरिकाले सम्पन्न भएको निर्वाचन कमिटिका संयोजक गोकुल खड्काले बताउनुभयो। निर्वाचन कमिटीमा मेघराज केसी, केदार गोर्खाली,आत्मदिप खड्का, राजकुमार श्रेष्ठ लगायत ६ सदस्य समिति रहेको थियो।२०२९ सालमा ललितपुर महानगरपालिका वडा नम्बर ४ मा स्थापना भएको युथक्लव नेपालको फुटबल इतिहासमा एउटा छुट्टै पहिचान बनाउन सफल क्लब हो।

  • 108
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here