• 133
  •  
  •  
  •  
  •  
  •  
  •  
    133
    Shares

काठमाडौं । शैलुङ अर्थात १०८ भन्दा धेरै थुम्काको संगम, प्राकृति, संस्कृती तथा ऐतिहासिक महत्वको धरोहर नियमित पर्यटकको पर्खइमा छ भन्ने सन्देश दिदै ह्याङला दोलखा काठमाडौं तामाङ समाजले शैलुङ भ्रमणको लागि अनुरोध गरेको छ । संघिय राजधानी काठमाडौमा ‘शैलुङ र पर्यटन’ विषयक अन्तरक्रिया तथा ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन गर्दै शैलुङको पर्यटन विकासको लागि समाजले अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो ।

 

कार्यक्रममा प्रमुख अतिथि पुर्ब संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेल हुनुहुन्थ्यो, भने बिशिस्ट अतिथिमा संघीय माननीय पार्बत गुरुङ, शैलुङ सम्बन्धि जानकार तथा पुर्ब सांसद जितबीर लामा हुनुहुन्थ्यो । बिशेष अतिथिहरुमा राष्ट्रिय योजना आयोगका सदस्य माननीय राम कुमार फुयाल, डा. कृष्ण प्रसाद ओली, श्याम बस्नेतको उपस्थिति थियो । त्यस्तै कार्यक्रममा शैलुङ वरिपरिका गाउँपालि प्रमुख र उपप्रमुखहरु, जनप्रतिनिधिहरु बिचमा अन्तरक्रिया भएको थियो ।

शैलुङलाई केन्द्रमा राखेर एककृत शैलुङ बिकास गुरुयोजना निमार्ण गर्नुपर्छ” राष्ट्रिय योजना आयोगको सदस्य राम कुमार फुयालले भन्नुभयो । उहाँले “छेउछाउको जिल्लाहरु काभ्रे, सिन्दुपाल्चोक, दोलखा, रामेछाप र सिन्दुलीसम्मको संस्कृतिक, धार्मिक, ऎतिहासिक र पुरातात्त्विक महत्त्वका स्थानहरुलाई समेत जोडेर ट्रेकिङ ट्राईल बनाई प्रदेश नं. ३ को उत्तर पुर्ब पर्यटन हव्स बनाउने पर्ने आवश्यकता औल्याउनु भयो । अथाहा सम्भावना हुदाहुदै पनि शैलुङमा पर्यटन विकास हुन नसकेको भन्दै तामाङ समाजले उक्त क्षेत्रमा पर्यटन प्रवद्धन कसरी गर्न सकिन्छ यस क्षेत्रमा जाने पर्यटकको सुविधाका लागि आगामी दिनमा के कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको शैलुङ गाउँपालिका अध्यक्ष भरत दाहाल ले  जानाकारी दिए ।

उनले भने “शैलुङको प्रकृतिक महत्वलाई यथावत राख्दै पर्यटकिय पुर्वाधार निर्माणमा सबै जुट्न पर्ने जरुरी छ ।, शैलुङ भागबण्डा भन्दा पनि अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन हामी सबै जुट्न आवश्यक छ ।” कार्यक्रममा पुर्व पर्यटनमन्त्रि आनन्द पोखरेलले शैलुङको बिकास, प्रबर्धनमा स्थानिय निकायको भुमिका नै महत्वपुर्ण हुने र त्यसपछि मात्र संघिय संयत्रको उपस्थिती बनाउन सकिने कुरामा जोड दिए ।  उनले प्राकृतिक अवस्थितीलाई संरक्षित गर्दै, स्थानिय निकाय नियन्त्रित योजनामा आधारित रहेर निजि क्षेत्रलाई समेत स्वागत गर्न सकेमा पनि शैलुङकै बिकास हुने बताए ।

कार्यक्रम प्रदर्शन गरेको बृत्तचित्रमा शैलुङको बिशेषताहरु बुद्धको पाईला, १२ बर्षे मेला लाग्ने गुफा, महादेबको मन्दिर, त्यस क्षेत्रमा पाईने जडिबुटीहरु, १ सय ८ ओटा भन्दा बढी रहेका थुम्का, स्थानीय भेषभुसा र रहनसहन लगायतलाई समेटिएको थियो। काठमाडौंं देखी १ सय ४० किलोमिटर पूर्वको दुरीमा पर्ने दोलखा र दोलखाको सदरमुकाम चरिकोटबाट करिब ५० किलोमिटर दक्षिणतर्फ पर्ने सय वटा थुम्का रहेको स्थान शैलुङमा विशेष गरी शेर्पा र तामाङ जातीको बाहुल्यता रहेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको शैलुङको विकास निर्माणमा कसरी जुटन सकिन्छ र सो क्षेत्रमा के के गर्न सकिन्छ भनेर समाजले विभिन्न राजनीतिक दल, पर्यटन ब्यवसायी, संघसंस्थालगायत सम्वन्धित निकायसँग तामाङ समाजले अन्तरक्रियात्मक कार्यक्रम गरेको हो । कार्यक्रमको अध्यक्षता समाजको अध्यक्ष सरोज मोहन लामाले गर्नुभएको थियो, भने संचालन महासचिव छेवाङ तेन्जिङ लामाले । त्यस्तै गरि स्वागत मन्तव्य समाजका सचीव तथा कार्यक्रम संयोजक मीन बहादुर तामाङले गर्नुभएको थियो भने अन्तरकृया कार्यक्रमको शुरूवात रामेछापको दोरम्बा गाउँपालिकाको उपप्रमुख कृसाला घिसिङले शुभकामना मन्तव्य दिएर शुरु भएको थियो ।

अन्तरक्रियामा संघिय सांसद पार्बत गुरुङ, शन्ती पाखृन, पुर्ब सांसद जितबीर लामा, राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्ण प्रसाद ओली, श्याम बस्ने, अन्तर्राष्ट्रिय तामाङ परिषदको वरिष्ठ उपाध्यक्ष टाशी लामा, शैलुङ, मेलुङ र दोरम्बा गाउँपालिका प्रमुखहरु भरत दुलाल, नर बहादुर पाख्रीन र कमानसिङ तामाङ समेतले  आफ्नो मन्तव्य राख्नु भएको थियो ।
हेर्नुस भिडियो –

  • 133
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here