•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । ग्राण्ड न्युज नेपाल डट कममा मिति  : २०७६।४।२८ मा प्रकाशित समाचार तामाङ क्याम्पसमा प्रमुख किशोर साहको दादागिरी क्याम्पसद्वारा खण्डन गरिएको छ ।

खण्डन जस्ताको तस्तै :

उपरोक्त सम्बन्धमा त्यस मिडिया÷अनलाइनबाट मिति २०७६।४।२८ गतेका दिन देखि गरिएको समाचार सम्प्रेशणमा राम प्रताप राम प्रसाद तामाङ्ग जनता बहुमुखी क्याम्पस गोलबजारको परीक्षा केन्दको समाचार सम्प्रेषण प्रति ध्यानाकर्षण भएको छ ।
यस परीक्षा केन्द्रमा केही अनियमित गरिएका परीक्षार्थीहरुलाई परीक्षाबाट निष्काषण गरिएकोमा केन्द्राध्यक्ष÷क्याम्पस प्रमुख किशोर कुमार साहलाई पक्षपाती, दोषी र अपराधी करार गरिएको समाचार आएकोमा सो समाचारको सही तथ्य प्रस्तुत गरी समाचार खण्ड गर्दछु ।
समाचारमा सम्प्रेषन गर्ने महेश सिंह स्वंय जेएस मुरारका बहुमुखी क्यामपस लहानबाट सम्मिलित भएका सि.नंं २२५०२०९ का परीक्षार्थी हुन र ति आफै पनि अनियमितता गरी निष्काषनमा परेका छन् । समाचारमा अनियमितता भएको स्वीकारेका छन् । अनियमितता हुन नदिन परीक्षाका केन्द्राध्यक्ष, सुपरीवेक्षक, निरीक्षक, समेतको दायित्व रहेकोले परीक्षाबाट निष्काषण गरिएको हो । उक्त मिडियाबाट समाचार सम्प्रेशण गर्नुपर्दा सम्बन्धीत क्याम्पस प्रमुखबाट समाचारबारे प्रतिकृया नै नलिइ एकतर्फि समाचार प्रसारण गर्न प्रेस काउन्सिलको ऐन नियम विपरीत भएकोले सो समाचार बारे खण्डन गरेको छु ।
यसरी परीक्षा केन्द्रलाई बदनाम गरी केन्द्राध्यक्षलाई दोषी बनाइ चरित्र हत्या गर्न खोजिएकोले निज समाचार सम्प्रेशन गर्नेमाथि आवश्यक छानबिन गरी समाचार खण्डनगरी सम्प्रेशण गरी दिनहुन जानकारी गराईन्छ ।

भवदीय
…………………….
(क्याम्पस प्रमुख)
राम प्रताप राम प्रसाद तामाङ्ग जनता बहुमुखी क्याम्पस,
गोलबजार, सिरहा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here