• 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गरेको प्रकरणमा भिडियो सार्वजनिक भएसँगै घटनामा नाम जोडिएकी ओखलढुंगाकी युवती अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

मृतक पुडासैनीले प्राण त्याग्नु अघि रेकर्ड गरेको भिडियोमा नर्ससमेत रहेकी कार्कीको नाम जोडिए पनि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर मल्लले अनुसन्धानका लागि अस्मितालाई नियन्त्रणमा लिएको बताए ।

मल्लले खबरहब सँगको कुराकानीमा भने, ‘अहिले अस्मितालाई नियन्त्रणमा लिएर भरतपुर ल्याएका छौं र भिडियोमा नाम जोडिएका अन्य व्यक्तिलाई पनि निगरानीमा राखेका छौं आवश्यक अनुसार नियन्त्रणमा लिएर अनुसन्धान गर्छौं ।’

आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए । पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेको थियो ।

पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै बुधबार सार्वनजिक भएपछि उनको मृत्यु प्रकरण रहस्यमय बन्दै गएको छ ।

  • 9
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here