• 234
  •  
  •  
  •  
  •  
  •  
  •  
    234
    Shares

काठमाडौं – चर्चित सेलो गायिका रेश्मा बोम्जनले ‘डम्फु र सेलो’बाट वेष्ट सेलो गायिकाको अवार्ड हात पारेकी छ ।

कतारको दोहामा सम्पन्न ‘स्टार अर्न्तराष्ट्रिय म्यूजिक अवार्ड २०१९ ’मा ‘डम्फु र सेलो’बाट वेष्ट सेलो गायिकाको अवार्ड बोम्जनलाई प्रदान गरिएको हो ।
फुल कुमार बोम्जनको शब्द सङ्गित ,फडिन्द्र राइको संगीत संयोजन रहेको उक्त गीतको म्यूजिक भिडियोमा रोशन र रोहनीको अभिनय रहेको छ ।

नेपाली गीत÷संगीतमा लामो समयदेखि सक्रिय चर्चित सेलो गायिकाको नामले परिचित बोम्जनले अवार्डले थप हौसला मिलेको भन्दै आफ्नो कर्मलाई निरन्तरता दिन अझ प्रेरणा मिलेको बताईन । उनले आफुले गरेको मेहनत र संघर्षकै फल यो अवार्ड चुम्न सफल भएको बताईन । उनले भनिन् ‘सबै दर्शक स्रोताहरुको अथाहा माया र साथ सहयोगसँगै निरन्तरमेहनत र संघर्षले अवार्ड हासिल गरेकी हु जस्तो लाग्छ । ’

बोम्जनले सेलो मात्र गायकी छैनन् । उनले लोक आधुनिक, पप, लगाएतका विभिन्न विधाका गरी करिव ३ दर्जन गित
गाइसकेकी छन् । बोम्जनले हिमालय इन्टरनेशनल अवार्ड, नाटेश्वर अवार्ड, जुरी अवार्ड लगाएतका आधा दर्जन अवार्ड पाइसकेकी छन् । उनले विभिन्न विधाका गितमा स्वर भरेपनि स्रोताहरुले भने सेलो गितलाई अत्याध्यिक मन पराएका छन , त्यसैकारण पनि उनि सेलो गायिकाको रुपमा चर्चित छिन् ।
गित संगितकै निरन्तरतामा उनका नयाँ दुई गित छिट्टै बजारमा आउने तयारीमा रहेका छन् ।

  • 234
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here