• 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

नेकपा क्रान्तिकारी माओवादीका नेता सिपि गजुरेलले केपी र प्रचन्डको समृद्र नेपाल र सुखी नेपाली नारा वाइवात भनेका छन्।हिँसा,हत्या बलत्कारका दिनदहाडैका घट्ना यो सरकारको उपहार हो।भ्रष्ट्रचार मौलाएको,जनतालाई करको भारी बोकाएर महंगी समेत यसै वामगठनद्वारा बढाइएको आरोप गजुरेलको थियो।इन्डो प्यासिफिकको सम्झौतामा नेपालबाट हस्ताक्षर हुनु गलत भएको उनको जिकिर थियो।

ललितपुर जिल्ला कमिटिले कुपन्डोलमा राखेको एक कार्यक्रममा बोल्दै गजुरेलले थपे-हालै प्रधानमन्त्री ओलीले बालुवाटारमा राखेको सर्वदलीय बैठ्कको निष्कर्ष सरकार लर्बराउनु हो।हालै एक पत्रकारको आत्महत्याको प्रकरण होस वा निर्मला हत्याकान्ड होस् यो सरकारको रणनीतिक खेल हो।राम्रा काम गर्न भन्दा नराम्रो कामतिर यो सरकार लागिरहेछ।राम्राकाम गर्न खोज्ने हामी हौँ तर हाम्रापक्षमा जनता छैनन्।हाम्रा कार्यकर्ता जिल्लामा पार्टीको केन्द्रीय सरकुलर पढेर बसिरहेछन्।हो अहिले हाम्रो अवस्था त्यस्तै छ र पनि हाम्रो विचारको रक्षा हामीले गरिरहेछौँ।

यो सरकारको विकल्प अब सडक संघर्ष गर्ने जनबल शक्तिको आवश्यक छ।क्रान्तिका लागि हाम्रा विद्यार्थी लगायत मोर्चा संगठनले अभियान जनसमुदाय समक्ष चलाएर शक्ति संचय तथा आधार खडा गर्दैछ।केही महिना अघि देजमोले शक्ति प्रदर्शन गरेर हेरिसक्यो।मौसम अनुकुल भएपछि आन्दोलनमा जाने उद्देश्य सहित जिल्ला पार्टीले संगठन बिस्तार गर्नु पर्नेमा नेता गजुरेलले निर्देशन दिए।कार्यक्रममा जिल्ला इन्चार्च क्षितिज,डिसिएस् दिपक लगायत शिक्षक,मजदुर,युवा मोर्चाका अध्यक्षहरु सहभागि थिए।कार्मक्रममा सयौ जनसमुदायको उपस्थिति थियो।जिल्ला पार्टीले एक महिने अभियान चलाउने निर्णय गरेको छ।-विष्णु विकिरण

  • 4
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here