•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा | धनकुटाको छथरजोरपाटि गाउपालिका को चुलाचुलि माध्यमिक विधालयमा सोमबार हिन्दु नारीहरुको माहानपर्व हरीतालीका तिजको अवसरमा खुल्ला लोक नृत्य प्रतियोगिता सम्पन्न गरेकोे छ । धनकुटाको छथरजोरपाटि गाउपालिका को उपप्रमुख भिम कला श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन भएको खुल्ला लोक नृत्य प्रतियोगितामा गाउपालिका भित्र रहेका विधालय विभिन्न क्लब समुह गरी जम्मा १० वटा समुह को सहभागीता रहेको प्रतियोगितामा गाउपालिकाको सेतुगुरास अङ्ग्रेजी बाेडिङ स्कुल  प्रथम विजेता भएको छ । त्यस्तै गरि द्धितिय गाउपालिकाको माहाकाली मावी , तृतिय चुलाचुली यूवा क्लव र सान्तवना साहारा यूवा क्लब भएका छन् । प्रतियोगिताको प्रथम, द्धितिय , तृतिय र सान्तवना हुने विधालय क्लब लाई सम्म्मान पत्र र नगद क्रमस रु ७ हजार , रु ५ हजार , रु ३ हजार र रु दुइ हजार कार्यक्रमका प्रमुख अतीथि , विशेष अतिथि अतिथिहरुले प्रदान गरेका थिए ।

नृत्य प्रतियोगिताको निर्णायक मा धनकुटाको संगित विधालय त्रिवेणि सास्कृतिक क्लबका अध्यक्ष नारायण विक र मिस पूर्वाअञ्चल तथा धनकुटा लेडिज जेसिजका अध्यक्ष प्रमिशा श्रेष्ठ रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि छथरजोरपाटि गाउपालिकाको उपप्रमुख भिमकला श्रेष्ठ ले कार्यक्रममा बोल्दै चाड पर्व को अवसरमा प्रतियोगित्तामक कार्यक्रमहरु सञ्चालन तथा आयोजना गर्नु भनेको मनोरञ्जन मात्र नभएर यस्ता कार्यक्रमहरुले व्यक्तिको व्यतित्व विकास कालागि सहयोग पु¥याउने बताउनु भयो । त्यस्तै गाउँ ठाउमा लुकेर रहेको प्रतिभाहरु राख्ने अवसर समेत मिलेको भन्दै विजेता टिमहरुलाई आगामि दिनमा अझ प्रगति को शुभकामना व्यक्त गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममका विशेष अतिथि छथरजोरपाटि गाउपालीकाको प्रशासकीय प्रमुख केशब प्रसाद अर्याल ले पनि अहिले दिन दिनै मौलिक परम्पराहर लोभहुदै गइरहेको अवस्थामा यस्ता प्रतियोगिता हरुले पछिल्लो पुस्ता सम्म पु¥याउन सघाउ पु¥याउने बताउनु भयो । त्यसै गरि कार्यक्रमका अर्का विशेष अतिथि वडा नम्वर ५ का वडा अध्यक्ष सुरेन्द्र कुमार लिम्वुले विभिन्न परम्परागत सास्कृतिक मौलिक चाडवाड रितिरिवाज बाचाउन को लागि लोभ हुन नदिनको लागि सचेतना मुलक विभिन्न कार्यक्रमहरु सञ्चालनको लागि वडाले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रमको अतिथिहरुमा कार्यपालिका सदस्यहरु , वडासदस्य हरु चुलाचुली मावीका प्रधानध्यापक धर्म राज थोक्लेन , चुलाचुली महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जानुका भट्राई , विभिन्न विधालयका प्रधानध्यापक शिक्षक शिक्षिकाहरु रहनु भएको थियो । कार्यक्रमलाई श्रि शिवालय महिला बचत तथा ऋण सहकारी संस्था , श्रि चुलाचुली यूवा क्लब ,श्रि चुलाचुली महिला बचत तथा ऋण सहकारी संस्था को संयूक्त आयोजना तथा चुलाचुली मावी को व्यवस्थापन र गाउपालीकाको आर्थिक सहयोग रहेको थियो ।

कार्यक्रमको सञ्चालन श्रि चुलाचुली यूवा क्लब अध्यक्ष पदम श्रेष्ठ र श्रि शिवालय महिला बचत तथा ऋण सहकारी संस्था का व्यपस्थापक इन्दिरा थापाले गनु भएको थियो भने स्वागत मन्तव्य श्रि शिवालय महिला बचत तथा ऋण सहकारी संस्था का तेजरुपा दाहाल ले राख्नु भएको थियो । कार्यक्रम श्रि शिवालय महिला बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष सरस्वती दाहाल को अध्यक्ष्यतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here