• 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

धनकुटा  । ग्लोवल आएमई बैंकको १४२ औ शाखा धनकुटा १ हिलेमा मंगलबार उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले दीप प्रन्वलन गर्दै रिवन काटेर बैंक शाखाको उद्घाटन गर्नुभएको हो ।

बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै उहाँले बैंकहरुले पूँजीगत लगानीमा जोड दिनुपर्ने र यहाँका व्यापारी व्यवसायीहरुले बैंकले दिने सेवा सुविधाको भरपुर फाईदा लिनुपर्ने वताउनुभयो । साथै उहाँले सो बैंकलाई नगरवाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । त्यस्तै उद्योग वाणीज्य संघका अध्यक्ष उमेश घिमिरेले बैंकको शाखा धनकुटा जिल्लामा विस्तार गरिएकोमा धन्यवाद दिदै सफलताको शूभकामना व्यक्त गर्नुभयो ।

बैंकका अध्यक्ष ढकालले छिटोछरितो कर्जा उपलव्ध गराउने,नेपालभरका सम्पूर्ण शाखाहरु मर्फत कर्जा उपलव्ध हुने, नि शूल्क ईन्टरनेट बैंकीङ सुविधा प्रदान गर्ने, कृषि व्यवसायसँग सम्बन्धित व्यक्तिहरुलाई लक्षित गरिएको , व्यक्तिगत रुपमा कृषि व्यवसाय गर्ने वा समुहलाई पनि लगानी गर्ने, रु ५० हजार देखि १ करोड सम्म ऋण लगानी गर्ने जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय प्रमुख सुदर्शन कोईराला,बैंकका सञ्चालक सुदर्शन कृष्ण श्रेष्ठ, वितरक संघका अध्यक्ष कृष्णदास श्रेष्ठ,हाथवेका अध्यक्ष अम्विका प्रसाद पौडेल,फाईनाईन्स सञ्चालक नवराज नेपाल, सहित हिलेमा विभिन्न वैंकका प्रमुख एवम् प्रतिनीधि,व्यवसायी,व्यापारी वुद्धीजीवि लगायतको उपस्थिती थियो ।

  • 42
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here