•  
  •  
  •  
  •  
  •  
  •  
  •  
 धनकुटा भदौ १७ |तामाङ समुदाएको युवतीहरुलाई लक्षित गरी उर्लबारी नगर घेदुङ आयोजना तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्य समिति धनकुटको सह आयोजनामा आयोजना गरिएको प्रदेश १ स्तरीय मिस तामाङ प्रतियोगितको ग्राण्ड फिनाले अघि ‘ट्यालेण्ट शो’ भोली बुधबार हुने भएको छ ।
ग्राण्ड फिनाले आगामी भाद्र २८ गते धनकुटाको हिलेमा आयोजना हुनेछ । तामाङ समुदायका युवतीहरुकोे व्यात्तित्व विकास, अन्तर्न्हिित प्रतिभाको प्रस्फुटन तथा भेषभुषा, भाषा संस्कार, संस्कृतीको उत्थान र प्रवद्र्धन गराउने उदेश्यले आयोजना गरीएको ‘मिस तामाङ प्रदेश १’मा १४ जना तामाङ युवती सहभागी छन् । प्रदेशका विभिन्न स्थानमा गरीएको अडिसनमा सहभागी ५० जना भन्दा बढीबाट छनोटमा परेका उनीहरुको उर्लाबारीको सिङ्हिम् होटलमा ‘ट्यालेण्ट शो’को आयोजना गरीएको आयोजक नेपाल तामाङ घेदुङ उर्लाबारीका अध्यक्ष राजु घिसिङ्गले जानकारी दिए ।
मिस तामाङमा सहभागी प्रतियोगीहरुलाई बन्दशत्रमा राखेर विभिन्न प्रकारका जिवन उपयोगि तालिम तथा प्रशिक्षण प्रदान गरिदैँ आएको छ । प्रतियोगिताको ग्राण्ड फिनाले भदौ २८ गते धनकुटाको हिलेमा हुने छ । फिनाले भन्दा अघि झापाको बिर्तामोडमा भदौ २४ गते प्रतियोगिहरुको सहभागिता सहित ‘फेसन शो’ को आयोजना गरिने आयोजकले जनाएको छ । फेसन शो’मा गायक बुद्व लामा सहित विभिन्न राष्ट्रीय कलाकारहरुको प्रस्तुती रहने छ । मिस तामाङ ग्राण्ड फिनालेमा राष्ट्रिय स्तरका चर्चित कलाकार तथा कोरियोग्राफरहरुको सहभागीता रहने जनाईएको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here