•  
  •  
  •  
  •  
  •  
  •  
  •  

भदौ २०, धनकुटा| तमाङ समुदाएको यूवतीहरुलाई लक्षित गरी उर्लबारी नगर घेदुङ को आयोजना तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको सहआयोजनामा गत असार महिनाबाट सञ्चालन भईरहेको प्रदेश १ स्तरीय मिस तामाङ प्रतियोगिता बुधबार उर्लबारीमा ट्यालेन्ट राउन्ड प्रतियोगिता सहभागी हरुबाट आफ्नो क्षमता प्रदर्सन  गर्दै सम्पन्न भएको छ ।

गोरर्खा वाच का ब्राण्ड मेनेजर फुर्वा तामाङ को प्रमुख आतिथ्यमा सम्पन्न भएको ट्यालेन्ट राउणड सुरु हुन अघि नेपाल ताम्बा संगका केन्द्रिय अध्यक्ष धावा वाङगेल मोक्तान बाट टुङनार डम्फु बजाउदै सुरुवात भएको ट्यालेन्ट सो प्रतियोगितामा सहभागिहरु बाट नृत्य , गायन निबन्ध , आर्ट लगाएतका विभिन्न कलातथा क्षमता प्रद्धसन गर्दै सम्पन्न भएको थियो । ग्राण्ड फिनाले आगामी भाद्र २८ गते धनकुटाको हिलेमा आयोजना हुने छ ।

तामाङ समुदाएका यूवतीको व्यक्तित्व विकास, अन्र्तन्हिन्त प्रतिभाको प्रस्फुटन तथा भेषभुषा संस्कार ,संस्कृतिको उत्थान र प्रवद्धन गर्ने उद्देश्यले आयोजना गरिएको मिस तामाङ प्रतियोगितामा सहभागीहरु लाई बन्दशस्त्रमा राखेर विभिन्न प्रकारका जिवन उपयोगी तालिम तथा प्रशिक्षण प्रदान गरिदैं छ । प्रतियोगितामा प्रदेश नं १ का तामाङ यूवती हरु को सहभीता रहेको उर्लबारी नगर घेदुङ का अध्यक्ष राजु घिसिङ ले जानकारी दिनुभएको छ ।

भदौ २८ गते को फिनाले अघि झापाको बिर्तामोडमा भदौ २४ गते प्रतियोगिहरुको सहभागिता सहित ‘फेसन शो’ को आयोजना गरीएको आयोजकले जनाएको छ । फेसन शो’मा गायक बुद्व लामा सहित विभिन्न राष्ट्रीय कलाकारहरुको प्रस्तुती रहने छ । मिस तामाङ ग्राण्ड फिनालेमा राष्ट्रिय स्तरका चर्चित कलाकार तथा कोरियोग्राफरहरुको सहभागीता रहने प्रतियोगिताको सहआयोजक नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले जनाईएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here