•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 दोलखा । विहिवार रातिको अविरल बर्षाको कारण दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर १ मा पर्ने सुन्द्रावती खोलाले बा १९ च ४३९० नम्बरको इस्र्पोटस कार बगाउदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

विहिवार राति करिब १२ बजेतिर सिंगटीबाट चरिकोट तर्फ आउदै गरेको उक्त कारलाई सुन्द्रावति खोलाको कज वेको भेलले बगाउदा दोलखा तामाकोसी गाँउपालिका वडा नम्बर ३ जफेका २४ बर्षिय अनिष पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताउनु भयो ।

मृतक पोखरेललाई बगाएको कारलेनै किचेको अवस्थामा शुक्रवार विहान निकालिएको प्रहरी नायव उपरीक्षक राईले बताउनु भयो । दुर्घटनामा घाईते तामाकोसी गाँउपालिका वडा नम्बर ३ जफेकै विकज पोखरेल र रामेछाप जिल्ला लिखु तामाकोसी गाँउपालिका वडा नम्बर २ पवन पौडेलको सदरमुकाम चरिकोट स्थित च्छो रोल्पा अस्पतालमा उपचार भै रहेको प्रहरीले जनाएको छ ।

उक्त कारलाई भलले बगाएर सडक भन्दा झण्डै २० मीटर तल खसालेको थियो । कज वे मा ढुङ्गा भएको र अत्यधिक पानीका कारण ढुङ्गा नदेखिएकोले उक्त दुर्घटना भएको हुनसक्ने मृतकका आफन्त एवं तामाकोसी गाँउपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here