•  
  •  
  •  
  •  
  •  
  •  
  •  

झापा भदौ २१ |मिस तामाङ प्रदेश नं १ ,२०१९ प्रतियोगिताको सहभागीहरु र आयोजक उर्लाबारीले बिहिबार शनि अर्जुन गाउपालीका वडानम्वर ६ झापा स्थित रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।

 

भाषा धर्म संस्कृति परम्परा रीतिरिवाज संवद्धन प्रवद्धन गरि तामाङ समुदाय  का महिला दिदिबहिनिहरु को व्यक्तित्व विकासका लागि नेपाल तामाङ घेदुङ उर्लाबारी नगर कार्यसमिति को आयोजना तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको सह आयोजनामा सञ्चालन भइरहेको मिस तामाङ प्रदेश नं १,२०१९ प्रतियोगिताको सहभागीहरु र आयोजक उर्लाबारी ले बिहिबार शनि अर्जुन गाउपालीका वडानम्वर ६ झापा स्थित रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई खाद्ययन समाग्रि वितरण गरेको हो । खाद्ययन साग्रिमा ३ बोरा चामाल , तेल , चाउचाउ लगाएतका सामाग्री वितरण गरिएको उर्लाबारी नगर घेदुङ का अध्यक्ष राजु घिसिङ ले जानकारी दिनु भयो । ग्राण्ड फिनाले आगामी भाद्र २८ गते धनकुटाको हिलेमा आयोजना हुने छ । तामाङ समुदाएका यूवतीको व्यक्तित्व विकास , अन्र्तन्हिन्त प्रतिभाको प्रस्फुटन तथा भेषभुषा संस्कार ,संस्कृतिको उत्थान र प्रवद्धन गर्ने उद्देश्यले आयोजना गरिएको मिस तामाङ प्रतियोगितामा सहभागीहरु लाई बन्दशस्त्रमा राखेर विभिन्न प्रकारका जिवन उपयोगी तालिम तथा प्रशिक्षण प्रदान गरिदैं छ ।

प्रतियोगितामा प्रदेश नं १ का तामाङ यूवती हरु को सहभीता रहेको उर्लबारी नगर घेदुङ का अध्यक्ष राजु घिसिङ ले जानकारी दिनुभएको छ । भदौ २८ गते को फिनाले अघि झापाको बिर्तामोडमा भदौ २४ गते प्रतियोगिहरुको सहभागिता सहित ‘फेसन शो’ को आयोजना गरीएको आयोजकले जनाएको छ । फेसन शो’मा गायक बुद्व लामा सहित विभिन्न राष्ट्रीय कलाकारहरुको प्रस्तुती रहेको थियो  । मिस तामाङ ग्राण्ड फिनालेमा राष्ट्रिय स्तरका चर्चित कलाकार तथा कोरियोग्राफरहरुको सहभागीता रहने प्रतियोगिताको सहआयोजक नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here