• 273
  •  
  •  
  •  
  •  
  •  
  •  
    273
    Shares

धनकुटा  भदौ २२ | उर्लाबारी नगर घेदुङ  आयोजन तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटा को सह  आयोजना मा गरिएको प्रदेश न १ स्तरीय मिस तामाङ प्रतियोगिता को ग्रान्ड फिनाले अघि  २४ गते फेशन शो  हुने भएको छ |

ग्रान्ड फिनाले आगामी भदौ २८ गते धनकुटा को हिले मा आयोजना गर्ने  हुनेछ |   ग्रान्ड फिनाले अघि हुन  हुने झापाको बिर्तामोड को  भदौ २४ गते प्रतियोगिहरुको सहभागिता सहित ‘फेसन शो’ को आयोजना गरीएको आयोजकले जनाएको छ । फेसन शो’मा गायक बुद्व लामा सहित विभिन्न राष्ट्रीय कलाकारहरुको प्रस्तुती रहने छ |

मिस तामाङ १ नम्वर प्रदेश प्रतियोगिताको बिजेता फस्ट रनअपले नगद १ लाख गिफ्ट ह्याम्पर र स्कुटि दोस्रोलाई ५० हजार गिफ्ट ह्याम्पर प्रदान गरिने छ । त्यस्तै अन्य बिजेताहरुलाई विभिन्न विधामा नगद र गिफ्ट ह्याम्पर साथै एक वर्ष सम्मका लागि फेसन डिजाईन डिप्लोमा कोर्ष, शैक्षिक इस्कलरसिप, जिवन विमा लगायतको विभिन्न विभिन्न विधामा पुरस्कारहरु काे व्यवस्था रहेको ग्रण्ड फिनाले व्यवस्थापन तथा सह अायाेजक नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटा ले जानकारी दिएकाे छ । साथमा ग्राण्ड फिनाले काे दिन चर्चित तामाङ राष्ट्रिय कलाकार हरू काे सास्कृतिक कार्यक्रम रहनेछ ।

  • 273
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here