• 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । मिडिया हबसंग विवाद भएपछि पांडे र जिग्री सहित २१ जनाको टिम बाहिरिए संगै नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट छुट्टीएका कलाकारको टोलीले ‘सक्किगोनी’ नामक नयाँ हाँस्य श्रृंखला ल्याउने भएका छन्।

अर्जुन घिमिरे (पांडे) र कुमार कट्टेल (जिग्री) को नामबाट जेपीटि क्रिएसन दर्ता गरि सिरियल निर्माण शुरु गरिएको हो । निर्माण सुरुसंगै ‘सक्किगोनी’ को नया दुई वटा प्रोमो युट्युबमा सार्वजनिक गरेको छ। पहिलो प्रोमोमा जिग्री संगै रक्षा र मुन्नीको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ । भने दोस्रो प्रोमोमा पाडे र नया अनुहार धतुरेको र्याप ब्याटल देखाइएको छ ।

सो टिमले निर्माण गरेको नयाँ श्रृखला आउँदो असोज २ गतेदेखि नेपाल टेलिभिजनमा हरेक बिहिबार बेलुका ८:४५ बजे प्रसारण हुने भएको छ । जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृङ्खलाको लेखन निर्देशन जिग्री र पाँडेकै रहनेछ ।

  • 7
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here