• 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल कास्कीले भ्रष्टचारविरोधी अभियन्ता भनिएका ज्ञानेन्द्र शाहीलाई प्रवेश निषेध गर्ने भएको छ ।

एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय युवा संघ नेपाल कास्कीले भनेको छ, ‘गलत अभियानमा संलग्न ज्ञानबहादुर शह (ज्ञानेन्द्र शाही) जस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गर्ने जानकारी गराउँदै आम न्यायप्रेम जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलब्धिको पक्षमा दृढतापूर्वक उभिई सहयोग गर्न अपिल गर्दछौँ ।’

विज्ञप्तिमा त्यस अगाडि भनिएको छ, ‘हाम्रो संगठन यस्ता प्रतिगामी तत्वहरुको विरुद्धमा आवश्यकता अनुसार प्रतिरोध कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी दिन चाहन्छौँ ।’

  • 11
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here