• 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

रौतहट भदौ ३०| नेपाल तामाङ घेदुङ चन्द्रपुर नगरको प्रथम ऐतिहासिक अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ ।  रौतहटको चन्द्रपुर—२ को  चादी स्मृति पार्कमा सम्पन्न उक्त अधिबेशनले १७ सदस्यीय  सहित ३ बर्षे कार्यकालको लागी चन्द्रपुर नगर घेदुङ गठन गरिएको हो ।  तामाङ समुदायको उत्कृष्ट एक छात्रा , एक छात्र र प्राबिधिक धारमा उत्कृष्ट एक छात्रालाई सम्मान तथा नगद समेत बितरण गरिएको छ ।

नेपालमा आदिम कालदेखि नै बसोबास गर्दै आएको तामाङ समुदाय नेपाल एकिकरणपछि आफ्नो संस्कृतिको लोप हुदै थर समेत परिवर्तन गर्न राज्यले बाध्य पारिएको भाषा लिपि साहित्य तथा प्रशिक्षण बिभागका प्रमुख काजीमान थिङले बताउनु भएको छ । तामाङ समुदायलाई राज्य ब्यबस्थाले नै पछि पारिएको स्मरण गराउदै लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्दा समेत राज्यको दृष्टीकोण परिवर्तन हुन नसक्दा अहिले पनि तामाङ जातीको भबिष्य अन्यौलमा रहेको दावी गर्नु भयो । नेपाल तामाङ घेदुङले विश्वभरि छरिएर रहेका तामाङ समुदायको मुद्दामा राज्यसंग लबिङ गरिरहेको जानकारी दिदै विश्वभरिका तामाङ एकजुट हुनु पर्नेमा संघिय अध्यक्ष मोहन गोले तामाङले जोड दिनु भयो । राज्यले तामाङ समुदायको मात्र होइन जनजातीको आरंक्षण कोटाको समेत कटौती गरेको आपत्ति जनाउनु भएको थियो ।

अधिबेशनले लाल बहादुर दोङको अध्यक्षतामा १७ सदस्यीय नगर समिति गठन गरिएको छ । महिला उपाध्यक्षमा लाली माया वाइबा , पुरुष उपाध्यक्ष कुल बहादुर थोकर ,कोषाध्यक्ष गौरी थिङ , सचिव सुकेन्द्र गोले , सहसचिव प्रकाश बम्जन , सदस्यहरुमा बिरबलकाजी बम्जन , सन्तोष पाख्रिन , लाली माया घिसिङ , शेर बहादुर तामाङ , आशा लामा लगायतका निर्वाचित भएका छन । कार्यक्रममा प्रमुख अतिथि घेदुङ संघिय अध्यक्ष मोहन गोले , भाषा लिपि बिभागका प्रमुख काजीमान थिङ , आदीवासी जनजाती महासंघका रौतहटका अध्यक्ष रामआश्रय चौधरी , कछडीया समाजका राजु धामी , गुरुङ समाजका दण्ड गुरुङ , मगर संघका उत्तर बहादुर थापा , नेकपा चन्द्रपुर अध्यक्ष शिब आचार्य लगायत हजारौ तामाङ ब्यक्तिहरु आफ्नै भेषभुषामा सजिएर सहभागीता जनाएका थिए ।

  • 8
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here